क्रिस गेलले बनाए कीर्तिमानी : टी-२० क्रिकेटमा १००० छक्का प्रहार « Khabarhub

क्रिस गेलले बनाए कीर्तिमानी : टी-२० क्रिकेटमा १००० छक्का प्रहार


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- वेस्टइण्डिजका क्रिकेटर क्रिस गेलले टी-२० क्रिकेटमा एक हजार छक्का प्रहार गर्दै कीर्तिमानी कायम गरेका छन् ।

इन्डियन प्रिमियर लिग आईपीएलमा किंग्स इलाभेन पञ्जावबाट खेलिरहेका गेलले आज राजस्थान रोयल्सविरुद्ध सात वटा छक्का प्रहार गरेपछि टी २० मा एक हजार छक्का प्रहार गर्ने कीर्तिमान बनाएका हुन् ।

उनले १००० छक्का प्रहारको कीर्तिमानी कायम गरे पनि आजको खेलमा ९९ रन बनाउँदै आउट भए । शतक प्रहारको पर्खाइमा रहेका उनी आउट भएपछि मैदानमै ब्याट फालेर आक्रोशित मुद्रामा देखिएका थिए ।

उनले आज ६३ बलमा ९९ रन बनाएका हुन् । जसमा ८ छक्का तथा ६ चाैका प्रहार गरे । उनलाई जाेफ्रा आर्चरले बाेल्ड आउट गरेका थिए ।

यस्तै पञ्जावबाटै खेलेका निकोलस पुरनले पनि टी २० क्रिकेटमा २०० छक्का प्रहार गरेका छन् ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ९ : ३९ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी