क्रिस गेलले बनाए कीर्तिमानी : टी-२० क्रिकेटमा १००० छक्का प्रहार « Khabarhub

क्रिस गेलले बनाए कीर्तिमानी : टी-२० क्रिकेटमा १००० छक्का प्रहार


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- वेस्टइण्डिजका क्रिकेटर क्रिस गेलले टी-२० क्रिकेटमा एक हजार छक्का प्रहार गर्दै कीर्तिमानी कायम गरेका छन् ।

इन्डियन प्रिमियर लिग आईपीएलमा किंग्स इलाभेन पञ्जावबाट खेलिरहेका गेलले आज राजस्थान रोयल्सविरुद्ध सात वटा छक्का प्रहार गरेपछि टी २० मा एक हजार छक्का प्रहार गर्ने कीर्तिमान बनाएका हुन् ।

उनले १००० छक्का प्रहारको कीर्तिमानी कायम गरे पनि आजको खेलमा ९९ रन बनाउँदै आउट भए । शतक प्रहारको पर्खाइमा रहेका उनी आउट भएपछि मैदानमै ब्याट फालेर आक्रोशित मुद्रामा देखिएका थिए ।

उनले आज ६३ बलमा ९९ रन बनाएका हुन् । जसमा ८ छक्का तथा ६ चाैका प्रहार गरे । उनलाई जाेफ्रा आर्चरले बाेल्ड आउट गरेका थिए ।

यस्तै पञ्जावबाटै खेलेका निकोलस पुरनले पनि टी २० क्रिकेटमा २०० छक्का प्रहार गरेका छन् ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ९ : ३९ बजे

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले