इण्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट, २७ सय मानिस विस्थापित « Khabarhub

इण्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट, २७ सय मानिस विस्थापित


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इण्डोनेसियामा शक्तिशाली ज्वालमुखी विस्फोट भएको छ।

इण्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तको इली लेभेतलो भएको ज्वालामुखी विस्फोटपछि २६ गाउँका २ हजार ७ सय ६० जनाले घर छाडेको अल्जजिराले जनाएको छ । विस्फोटमा कोही हताहत भएको जानकारी प्राप्त भएको छैन।

ज्वालामुखी विस्फोटपछि ४ किलोमिटर उचाइसम्म धुवाँ र खरानीको मुस्लो देखिएको थियो। ज्वालामुखी विस्फोटपछि आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन जारी गरिएको छ। तत्काललाई हवाइ उडान बन्द गरिएको छ ।

समुद्री सतहबाट १ हजार १८ मिटर उचाइमा विस्फोट भएको ज्वालामुखी आसपासबाट २ किलोमिटरको क्षेत्रसम्म कुनै गतिविधि नगर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ६ : २९ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले