चार महिनामा एक अर्ब रेमिट्यान्स « Khabarhub

चार महिनामा एक अर्ब रेमिट्यान्स


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- धादिङमा चार महिनामा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ ।

चालु वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट रु ९९ करोड ८२ लाखभन्दा बढी रेमिट्यान्स भित्रिएको हो ।

जिल्ला भित्रिएको कुल रकममध्ये ९० प्रतिशत रेमिट्यान्स महिलाको नाममा आउने गरेको कला इन्टरनेशनलका प्रबन्धक रामचन्द्र गीरीले बताए ।

विभिन्न रेमिट्यान्स कम्पनीको आधिकारिक प्रतिनिधिको रूपमा काम गरिरहेको कला इन्टरनेशनल प्रालिमार्फत उत्तरी धादिङ र मध्य क्षेत्रका स्थानीयवासीका विदेशमा काम गर्न गएकाले रकम पठाउने गरेका छन् ।

असोज महिनामा मात्रै रु ३३ करोड ५५ लाख बराबरको रेमिट्यान्स आएको छ ।

विदेशबाट आएको रकममध्ये सबैभन्दा धेरै मलेशियालगायत खाडी मुलुक साउदी, कतार, बहराइन, दुवई, कुवेत, इराक, अफगानिस्तानबाट रेमिट्यान्स भित्रिने गरेको छ ।

विदेशबाट भित्रिने रेमिट्यान्सको अतिरिक्त सदरमुकाम धादिङवेशीबाट दैनिक रु ४० देखि ५० लाखसम्म देशका अन्य भागमा बाहिरिने पनि गरेको छ ।

कला इन्टरनेशनलबाहेक जिल्लाभर बैंक तथा वित्तीय संस्थामा समेत रेमिट्यान्स भित्रिने गरेको पाइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : १० बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग