म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरू छानबिनको दायरामा « Khabarhub

म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरू छानबिनको दायरामा


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरू छानबिनको दायरामा आएका छन् ।

उपचारमा भएको लापरबाहीले म्याराडोनाको निधन भएको आशंका र आरोपपछि उनको उपचारमा संलग्न चिकित्सकहरू छानविनको दायरामा आएको बीबीसीले जनाएको छ ।

केही समय अगाडि मस्तिष्कको सफल शल्यक्रिया गराएका म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातबाट गत बुधवार निधन भएको थियो।

मस्तिष्क सल्यक्रियापछि भएको म्याराडोनाको निधन हृदयघात नै कारण थियो या थिएन भन्नेबारे छानबिन सुरू भएको हो ।

म्याराडोनाका छोरीहरूले पनि आफ्ना पिताको उपचारबारे प्रश्न उठाउँदै आएका थिए।

आर्जेन्टीनाको राजधानी ब्यूनस एरिजको प्रहरीले म्याराडोनाका चिकित्सक लियोपोल्डो लुकको घर तथा निजी क्लिनिकमा छापा मारेर प्रमाण बटुल्ने थालेको छ।

करिब ३० जना प्रहरी अधिकारीहरू आइतवार बिहान लुकको घर पुगेका थिए । यस्तै २० जना प्रहरीले उनको क्लिनिकमा पुगेको बताइएको छ ।

चिकित्सकको घर तथा क्लिनिकबाट प्रहरीले कम्प्युटर, मोबाइल फोन तथा मेडिकल नोटहरू बरामद गरेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : २५ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी