मोरङ- विराटनगरको न्युरो अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार इलामको देउमाई नगरपालिका–६ की ५५ वर्षीया महिलाको आज बिहान ८ बजे मृत्यु भएको हो ।
पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि महिलालाई उपचारका लागि मंसिर ९ गते अस्पताल भर्ना गरिएको थियो ।
महिलामा श्वासप्रश्वासमा समस्याका साथै ज्वरो तथा तथा खोकीको समस्या रहेकोमा उपचारकै क्रममा मृत्यु भएको आचार्यले बताए ।
प्रतिक्रिया