संयुक्त राष्ट्रसंघद्वारा नेपाली शान्ति सैनिकको प्रशंसा « Khabarhub

संयुक्त राष्ट्रसंघद्वारा नेपाली शान्ति सैनिकको प्रशंसा


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शान्ति स्थापनार्थ दक्षिण सुडान तैनाथ नेपाली शान्ति सैनिकले सम्भावित ठुलो जातीय हिंसा हुनबाट जोगाएको भन्दै संयुक्त राष्ट्रसंघले प्रशंसा गरेको छ ।

कुइबेट इलाकामा तैनाथ कालिध्वज गण अन्तर्गतको अस्थायी अपरेटिङ बेसबाट यही मंसिर १० गते खटिएको नेपाली शान्ति सैनिकले त्यहाँका बासिन्दाहरुलाई सम्भावित ठुलो जातीय हिंसाबाट जोगाएका हुन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार गण हेडक्वाटर तैनाथ रहेको स्थान रुम्बेकबाट करिब ७० किलोमिटर उत्तरपश्चिममा रहेको सो इलाकां नजिकै रहेको पशु शिविरमा चोरी गर्न आएको भनिएका कंगोर जातीको एक व्यक्ति झडपमा मारिएपछि कंगोर जाती र अयेल जातीका बासिन्दाबीच हिंसाको रुप लिएको थियो ।

हिंसा भड्किन सक्ने खबर प्राप्त भएपछि अस्थायी अपरेटिङ बेसबाट सहसेनानी विज्ञान विष्टको कमाण्डमा खटिएको ‘क्विक रिएक्सन फोर्स’ उक्त हिंसाग्रस्त क्षेत्रमा परिचालन भइ दुई पक्षबीच झडप हुनबाट जोगाएको बताइएको छ । सो इलाकामा सुरक्षा स्थिति साम्य भएपपछि युएन मिशनका अन्य अंगहरुले त्यहाँस्थित विभिन्न जातीय समुदायहरुबीच शान्ति कायम गराउने कार्य सुरु गरेका थिए ।

जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रिएको उक्त मूलुकमा यस प्रकारका घटनाको पुनराबृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले गरेको योगदानलाई संयुक्त राष्ट्रसंघबाट उच्च प्रशंसा भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ४ : २६ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै