काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा सहकार्य गर्ने सहमति भएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तापछि दुवै देशबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो।
सुरुमा दुवै देशका प्रधानमन्त्रीज्यूबीच एकल (वान-टु-वान) भेटवार्ता भएको थियो। त्यसपछि दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहितको सामूहिक द्विपक्षीय वार्ता सम्पन्न भएको हो।
वार्ताका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धका समग्र पक्षका साथै व्यापार, ऊर्जा, कनेक्टिभिटी, पूर्वाधार विकास, लगानी तथा आपसी हितका विविध विषयमा गहन छलफलपछि सहमित भएको हो ।

यी हुन् समझदारी भएका विषय
फरेन्सिक विज्ञानमा सहकार्य : गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ।
प्रहरी प्रशिक्षण : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच समझदारी भएको छ।
प्रशासनिक अधिकारीको तालिम : भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेज मिलेर नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिनेछन्।
आयुर्वेद र परम्परागत चिकित्सा : दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिहरूमा सहकार्य गर्नेछन्।
स्याटेलाइट सञ्चार : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ।

सहरी विकास : दुवै देशले दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्नेछन्।
स्वास्थ्य र चिकित्सा : भारत र नेपालले स्वास्थ्य सेवा र चिकित्साको क्षेत्रमा मिलेर काम गर्नेछन्।
पशुपालन र मत्स्यपालन : दुवै देशले पशुपालन र मत्स्यपालनको विकासका लागि सहकार्य गर्नेछन्।













प्रतिक्रिया