नेपाली सेनाद्वारा एकीकरण मार्ग सम्बन्धी सेमिनार सञ्चालन | Khabarhub Khabarhub

नेपाली सेनाद्वारा एकीकरण मार्ग सम्बन्धी सेमिनार सञ्चालन


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले एकीकरण मार्ग कार्यक्रम सम्बन्धी नं. २८ बाहिनी स्तरीय ‘एकीकरण मार्ग कार्यक्रम सेमिनार २०७७’ सञ्चालन गरेको छ।

नेपाल एकीकरणको दौरानमा प्रयोग भएका पदमार्गहरु, बिभिन्न गढि तथा किल्लाहरुको पहिचान तथा मर्मत संभार गर्दै आएको सन्दर्भमा ऐतिहासिक तथा पुरातात्विक महत्वका धरोहरहरुको संरक्षण, सम्वर्धन र प्रबर्धन गर्ने उदेश्य अनुरुप नं. २८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जोन्सन खड्काको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजना गरिएको जंगी अड्डाले जनाएको छ।

कार्यक्रमको दौरान एकीकरण मार्ग कार्यक्रमको अवधारणा, सेमिनारको मोडालिटी सम्बन्धी जानकारी एवं वृत्तचित्र प्रदर्शन र एकीकरण मार्ग कार्यक्रम अन्तरगत देशैभरी हालसम्म सञ्चालित गतिविधिहरूबारे जानकारी गराइएको थियो।

उक्त सेमिनारमा पर्सागढी, बारागढी र सिम्रौनगढको ऐतिहासिक सम्पदा संरक्षण, विकास योजना, ऐतिहासिक महत्व तथा नेपाल एकीकरणमा लडैया समनपुर युद्दस्थलको महत्व तथा बारा जिल्लामा निर्माणाधिन एकीकरण स्मृति उद्यान बारे प्रस्तुतिकरण भएको थियो।

बारा, पर्सा र रौतहट जिल्लाका स्थानीय पदाधिकारी एवं प्रतिनिधीहरु, तीनवटै जिल्लाका स्थानीय बुद्धिजीबी तथा पत्रकारहरु लगायत नं. २८ बाहिनी अड्डा अन्तरगत बारा, पर्सा र रौतहट जिल्लामा तैनाथ गणका गणपति एवं अधिकृतहरु सम्मिलित सो कार्यक्रमले ऐतिहासिक तथा पुरातात्विक महत्वका धरोहरहरुको संरक्षण, सम्वर्धन र प्रबर्धनमा उल्लेखनीय योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १० : ४९ बजे

अन्नपूर्ण आधार शिविरबाट फर्कन थाले पर्यटक

म्याग्दी– वर्षा र हिमपात रोकिएपछि अन्नपूर्ण आधार शिविर क्षेत्र देखि

‘नेपालमा बर्सेनि ५० हजार बढीलाई मस्तिष्कघात’

काठमाडौं– नेपालमा प्रत्येक वर्ष मस्तिष्कघातका कारण ५० हजारभन्दा बढी मानिस

अवरुद्ध चामे–खाङ्सार सडक सञ्चालन

मनाङ– सोमबारदेखि परेको हिमपातका कारण अवरुद्ध चामे–खाङ्सर सडक सञ्चालनमा आएको

पौडी खेल्ने क्रममा कालीगण्डकीमा एक जना बेपत्ता, एकको उद्धार

तानसेन– पाल्पा र स्याङ्जाको सिमानामा पर्ने राम्दीस्थित कालीगण्डकी नदीमा पौडी

सरकार र दलहरूलाई जेन-जीले भने – सुशासन र भ्रष्टाचारी विरुद्धको कारबाहीमा सँगसँगै काम गर्नुपर्छ

काठमाडौं– जेनजीहरूले सरकार र दलहरूसँगको छलफलमा आफ्नो मागहरू देशको सुशासन