के टाइगर र दिशाले सन् २०२१ मै बिहे गर्दैछन् ? « Khabarhub

के टाइगर र दिशाले सन् २०२१ मै बिहे गर्दैछन् ?


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – टाइगर श्राफ र दिशा पटानीले कहिल्यै पनि आफ्नो सम्बन्धका बारेमा खुलेर बोलेका छैनन् ।

तर यी दुई एकअर्कालाई समर्थन गरिरहेका छन् ।

टाइगर र दिशा सँगै घुम्न जान्छन् । फिल्म हेर्न जान्छन् । विदा मनाउन पनि सँगै जान्छन् तर प्रेमसम्बन्धमा रहेकोबारे खुलाउँदैनन् ।

यी दुईले सार्वजनिक रुपमा खुलेर कुरा गरेका छैनन् । किनकि, उनीहरू आफ्नो सम्बन्धलाई लुकाएर राख्न चाहन्छन् ।

मिडिया रिपोर्टसका अनुसार यो जोडीलाई टाइगर र दिशाको परिवारले पनि स्वीकार गरिसकेको छ । आजभोलि चर्चा चल्न थालेको छ कि, यी दुईले अब छिट्टै बिहे गर्नेछन् । टाइगर र दिशाले कहिले गर्छन् भन्नेमा उनका फ्यानमा पनि चासो छ ।

यी दुईलाई नजिकबाट चिन्नेहरु भन्छन् कि, टाइगर र दिशा दुवै यो सम्बन्धलाई लिएर निकै सिरियस छन् । तर, बिहे उनका लागि अझै पनि टाढाको कुरा हो । दुवै अझै जवान भएकाले तत्काल बिहे गर्न पनि चाहँदैनन् ।

दुवैले जीवनका बारेमा खुलेर मजा लिइरहेका छन् । उनीहरु घर सम्हाल्न र परिवार बढाउन अहिले चाहँदैनन् । यी दुईले आफ्नो करिअरलाई फोकस गरिरहेका छन् ।

अझ खुशीको कुरा के छ भने, दुवैले छोटो समयमा नै पैसा कमाइरहेका छन् ।

छोटो समयमा नै टाइगर बलिउडमा जमिसकेका छन् । उनका फिल्मले पनि धमाका मच्चाइरहेका छन् ।

टाइगर र दिशाका नजिकका आफन्तका अनुसार यी दुईले बिहे त गर्नेछन् । तर, यसका लागि समय लाग्नेछ । सन् २०२१ मा त उनीहरुले बिहे नगर्ने लगभग पक्का भइसकेको छ ।

 

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  २ : १४ बजे

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन