नेपालमा पछिल्लो २४ घण्टामा थपिए ५११ कोरोना संक्रमित, ७ को मृत्यु | Khabarhub Khabarhub

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ५११ कोरोना संक्रमित, ७ को मृत्यु


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ५११  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ३०० रहेको छ ।

यसअघि मंगलबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ थियो ।

पछिल्लो २४ घण्टामा थप ६०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ९१२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ३१२ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८४७ पुगेको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ४ : २७ बजे

‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक

काठमाडौं – घनश्याम लामिछानेको निर्देशन रहेको फिल्म ‘लण्डन टु पेरिस’को

संयमता अपनाउन इजराइललाई १३ मुलुकको आग्रह

रोम – परम्परागतरूपमा इजराइलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले शुक्रबार

सन्दीप प्रकरणमा नखुलेको रहस्य : करणी नै भएन या सहमतिमा भयो ?

काठमाडौं- विगत डेढ वर्षयता जबर्जस्ती करणीको मुद्दा खेपेका क्रिकेटर सन्दीप

टिपतालामा पहिलो पटक पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर

ताप्लेजुङ – छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा

बस दुर्घटनामा परी दाङमा १० यात्रु घाइते

घोराही– दाङमा भएको बस दुर्घटनामा परी १० यात्रु घाइते भएका