काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको जानकारी दिएको छ। जसमध्ये पछिल्लो २४ घण्टामा ५११ कोरोना संक्रमित थपिएका हुन ।
थपिएका संक्रमितमध्ये प्रदेश १ को खोटाङमा २, झापामा ६, ताप्लेजुङमा १, मोरङमा ८ र सुनसरीमा ७ जना रहेका छन ।
त्यस्तै प्रदेश २ को धनुषामा १ र पर्सामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसैगरी बागमती प्रदेशको काठमाडौंमा २२५, काभ्रेमा ६, चितवनमा १६, दोलखामा ९, धादिङमा ४, नुवाकोटमा १, भक्तपुरमा ३८, रामेछापमा ४, ललितपुरमा ४९, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा गण्डकी प्रदेशको कास्कीमा ५०, गोरखामा १, तनहुँमा ६, नवलपरासीमा पूर्वमा २, म्याग्दीमा १, बागुलङमा ३ र स्याङजामा २ जना संक्रमित थपिएका छन् ।
यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ३, गुल्मीमा ७, दाङमा ७, नवलपरासीमा ३, पाल्पामा १०, बर्दियामा ४, बाँकेमा ५, रुकुम पूर्वमा १ र रुपन्देहीमा १९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएका छैनन् भने सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा २, डोटीमा १ र बझाङमा १ जनामा कोरोना संक्रमित थपिएका छन् ।
प्रतिक्रिया