२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको जानकारी दिएको छ। जसमध्ये पछिल्लो २४ घण्टामा ५११ कोरोना संक्रमित थपिएका हुन ।

थपिएका संक्रमितमध्ये प्रदेश १ को खोटाङमा २, झापामा ६, ताप्लेजुङमा १, मोरङमा ८ र सुनसरीमा ७ जना रहेका छन ।

त्यस्तै प्रदेश २ को धनुषामा १ र पर्सामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी बागमती प्रदेशको काठमाडौंमा २२५, काभ्रेमा ६, चितवनमा १६, दोलखामा ९, धादिङमा ४, नुवाकोटमा १, भक्तपुरमा ३८, रामेछापमा ४, ललितपुरमा ४९, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा गण्डकी प्रदेशको कास्कीमा ५०, गोरखामा १, तनहुँमा ६, नवलपरासीमा पूर्वमा २, म्याग्दीमा १, बागुलङमा ३ र स्याङजामा २ जना संक्रमित थपिएका छन् ।

यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ३, गुल्मीमा ७, दाङमा ७, नवलपरासीमा ३, पाल्पामा १०, बर्दियामा ४, बाँकेमा ५, रुकुम पूर्वमा १ र रुपन्देहीमा १९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएका छैनन् भने सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा २, डोटीमा १ र बझाङमा १ जनामा कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ५ : ०९ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय