नयाँ जनादेशका लागि संसद विघटन : महासचिव पौडेल | Khabarhub Khabarhub

नयाँ जनादेशका लागि संसद विघटन : महासचिव पौडेल


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नयाँ जनादेशका लागि प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताएका छन् ।

वीरगञ्जको नगर सभागृहमा आज आयोजित प्रदेश नम्बर २ स्तरीय अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै महासचिव पौडेलले कम्युनिस्ट आन्दोलनलाई क्षत विक्षत गर्ने षडयन्त्रसँग प्रतिवाद गर्न र नयाँ जनादेशका लागि प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताएका हुन ।

उनले बैशाख १७ र २७ गते निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्दै सम्पूर्ण कार्यकर्तालाई चुनावमा केन्द्रित हुन आग्रह गरे ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रधानमन्त्री ओलीलाई घेराबन्दी गरी संसद विघटन गराउने बाध्यात्मक अवस्था सिर्जना गरेको बताएका थिए ।

कार्यक्रममा कानुन मन्त्री लिला श्रेष्ठले विदेशी शक्तिको इशारामा सरकार ढाल्ने खेल शुरु भएपछि प्रतिनिधिसभा विघटनको अवस्था सिर्जना भएको बताए ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : २३ बजे

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार