नयाँ जनादेशका लागि संसद विघटन : महासचिव पौडेल « Khabarhub

नयाँ जनादेशका लागि संसद विघटन : महासचिव पौडेल


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नयाँ जनादेशका लागि प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताएका छन् ।

वीरगञ्जको नगर सभागृहमा आज आयोजित प्रदेश नम्बर २ स्तरीय अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै महासचिव पौडेलले कम्युनिस्ट आन्दोलनलाई क्षत विक्षत गर्ने षडयन्त्रसँग प्रतिवाद गर्न र नयाँ जनादेशका लागि प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताएका हुन ।

उनले बैशाख १७ र २७ गते निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्दै सम्पूर्ण कार्यकर्तालाई चुनावमा केन्द्रित हुन आग्रह गरे ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रधानमन्त्री ओलीलाई घेराबन्दी गरी संसद विघटन गराउने बाध्यात्मक अवस्था सिर्जना गरेको बताएका थिए ।

कार्यक्रममा कानुन मन्त्री लिला श्रेष्ठले विदेशी शक्तिको इशारामा सरकार ढाल्ने खेल शुरु भएपछि प्रतिनिधिसभा विघटनको अवस्था सिर्जना भएको बताए ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : २३ बजे

भोटेकोशी बाढी प्रभावितका लागि इटहरीमा राहत सामग्री संकलन (तस्बिरहरू)

काठमाडौं– नेपाल जेसीजको आह्वानमा सुरू गरिएको अभियानअन्तर्गत पछिल्लो तीनदिनदेखि खाद्यान्न,

अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन

काठमाडौं– सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट ८५ हजार

बाढीपीडितलाई गैँडाकोटको ३५ लाख सहयोग

नवलपुर– गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावितका

विपद् व्यवस्थापनमा सरकार चुकेको कुरा उठ्यो, नेपालले नसके अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिन सुझाव

काठमाडौं- रसुवालगायत भदौ १० को भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार

बेत्रावतीको एउटै घरमा २२ शव सडिसक्दासम्म कहाँ थियो सरकार ?

काठमाडौं- नुवाकोट र रसुवाको सीमावर्ती बेत्रावती अहिले बजार रहेन। यो