प्रधानमन्त्री ओली भन्छन् – माधव नेपाल प्रचण्डका मामुली कार्यकर्ता मात्रै « Khabarhub

प्रधानमन्त्री ओली भन्छन् – माधव नेपाल प्रचण्डका मामुली कार्यकर्ता मात्रै


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालप्रति व्यंग्य गर्दै माधव नेपाल पुष्पकमल दाहाल प्रचण्डका मामुली कार्यकर्ता मात्रै भएको बताएका छन् ।

आज कार्की पार्टी प्यालेसमा आयोजित सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेलामा ओलीले नेपाल प्रचण्डको द्वितीय अध्यक्ष नभई मामुली कार्यकर्ता भएको बताएका हुन्। प्रधानमन्त्री ओलीले आफूमाथि धेरै आरोप लगाए पनि आफूले नेपालमाथि कुनै कमेन्ट नै नगर्ने बताए।

भेलालाई सम्बोधन गर्दैन ओलीले भने, ‘उहाँ (नेपाल) बारे मैले केही कमेन्ट गर्दिनँ। उहाँ दुःखी हुनुहुन्छ ।’ प्रधानमन्त्री ओलीले आफूसँग रहँदा सधैँ नगद सम्झौताको कुरा गरेपनि प्रचण्डसँग लागेर कार्यकर्तामात्रै बनेको बताए।

प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालका आकांक्षा पूरा हुन आफूले नदिने चेतावनी पनि दिएका छन् ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : ०९ बजे

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार