सवारी दुर्घटनामा दुईको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा दुईको मृत्यु


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– पूर्व–पश्चिम राजमार्गको मालटोलस्थित सडकखण्डमा भएको सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको डिजेल बोकेको को१ख २३३८ नम्बरको ट्याङ्कर र पूर्वबाट पश्चिमतर्फ आइरहेको बीआर शून्य जिडी ८८५९ नम्बरको भारतीय ट्रक आज एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्याङ्कर चालक मोरङको विराटनगर महानगरपालिका–४ बस्ने ३५ वर्षीय अर्जुनकुमार मण्डल र ट्रक चालक भारत विहार राज्य चम्पारण जिल्ला गमहरिया पञ्चायत बस्ने २० वर्षीय रङ्गिला कुमारको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

गम्भीर घाइते चालक मण्डललाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको र ट्रक चालक रङ्गिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै ट्याङ्करका सहचालक मोरङको धनपाल गाउँपालिका–३ बस्ने २२ वर्षीय धनराम यादवलाई जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ भने ट्रकका सहचालक भारतीय नागरिक जावेद आलमको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ९ : २४ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय