पीसीआर परीक्षण गर्दा हाल बसोबास गरिरहेको स्थानको ठेगाना उल्लेख गर्न अनुरोध « Khabarhub

पीसीआर परीक्षण गर्दा हाल बसोबास गरिरहेको स्थानको ठेगाना उल्लेख गर्न अनुरोध


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमण परीक्षण गर्दा व्यक्तिको हालको ठेगाना अर्थात हाल बसोबास गरिरहेको स्थान उल्लेख गर्न अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालले एक सूचना जारी गर्दै कोरोना सङ्क्रमणको परीक्षणका लागि नमुना सङ्कलन गर्ने क्रममा सम्बन्धित व्यक्तिले हाल बसोबास गरिरहेको स्थानलाई आधार मानेर ठेगाना उल्लेख गर्न अनुरोध गरेको हो ।

मन्त्रालयले सबै प्रयोगशाला तथा अस्पतालहरूलाई कोरोना परीक्षण गर्न आउने व्यक्तिहरुको हाल बसोबास गरिरहेको ठेगाना उल्लेख गर्न अनुरोध गरेको हो ।

विभिन्न निकायहरूले नमुना सङ्कलन गर्दा आ–आफ्नो तरिकाले व्यक्तिको ठेगाना लेख्ने गरेकाले सम्बन्धित व्यक्तिको पहिचान तथा सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्न कठिनाइ भएको हुँदा हालको ठेगाना उल्लेख गर्न मन्त्रालयले अनुरोध गरेको जनाएको छ ।

व्यक्तिको ठेगाना उल्लेख गर्दा एकरूपता नभइरहेकाले अब उपरान्त कुनै समस्या वा उजुरी परेमा नियमानुसार कारबाही गरिने निर्णय समेत सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १० : २७ बजे

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन