कोरोना भाइरसको संक्रमणबाट २१३ को मृत्यु, विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट २१३ को मृत्यु, विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकालिन घोषणा गरेको छ ।

कोरोना भाइरसको प्रकोप चीनसहित अन्य मुलकमा तीव्र गतिमा फैलन थालेपछि विश्वव्यापी रुपमा आपतकाल घोषणा गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा यसको प्रकोप महामारीका रुपमा फैलिन सक्ने भय बढेको छ । चीनमा कोरोना भाइरसका कारण २१३ जनाको मृत्यु भइसकेको छ।

विश्व आपतकालीन अवस्था घोषणा गर्नुको कारण चीनमा के भैरहेको छ भन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले बताएका छन् ।

चीनको हुबेइ प्रान्तको वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण हाल चीन बाहेक कम्तिमा १८ देशमा पुगेको छ । नेपाल, अमेरिका, फ्रान्स, जर्मनी, थाइल्याण्डसहितका देशमा पनि संक्रमण भेटिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : २० बजे

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही

सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत

‘नेपाली कांग्रेस फुट्या छैन, फुट्दा पनि फुट्दैन’

काठमाडौं- नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ नियमित

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने