अमेरिका पुगेका तीन नेपालीले जिते सवा १ करोडको चिट्ठा ! | Khabarhub Khabarhub

अमेरिका पुगेका तीन नेपालीले जिते सवा १ करोडको चिट्ठा !


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरका तिन युवाहरुले सयुक्त रुपमा १ लाख डलरको चिट्ठा जितेका छन् ।

उनीहरुले उक्त एक लाख डलरको रकम भएको स्क्रायच चिट्ठा मेरिल्याण्डमा किनेका थिए । एक लाख अमेरिकी डलर झन्डै अर्थात् एक करोड १४ लाख नेपाली रुपैयाँको लोटरी जितेका हुन् ।

तीनै जना आफन्त हुन् भने उनीहरु नेपालको बाग्लुङ र पर्वत जिल्ला घर भई हाल अमेरिकाको मेरिल्याण्ड राज्यको ग्लेनबर्नी शहरमा बसोबास गर्दछन् ।

उक्त चिट्ठा जित्ने तीन युवारुमा क्रमस डोलेन्द्र पौडेल ,दिपक रिजाल तथा जीवन शर्मा रहेका मेरिल्याण्डबाट सञ्चालिन अनलाइन न्यूजब्रेकले मेरिल्याण्ड लोटरीलाई उदृत गर्दै जनाएको छ ।

उनीहरु तीनै जनाले हालसालै क्रयाक-पट लिक्वयर्स ( मदिरा पसल) तथा क्रयाक-पट रेस्टुरेन्ट (चमेना गृह) खरिद गरि संचालनमा ल्याएका छन् । संचालन गरेको केही समय मै उनीहरुले चिट्ठा जितेका हुन् । चिट्ठा रकम हात पारेपछि तीन जानै हर्षित भएका छन् ।

उनीहरुले ५० एक्स दि क्यास गेम नामक चिट्ठा खेलेका थिए । चिट्ठाको रकम प्राप्त भए पछि आफूहरुले संचालनमा ल्याएको ब्यबसायमा सहयोग हुने बताएको अमेरिकाबाट प्रकाशन हुने नेपाली अनलाइन इनेप्लिज डटकमले जनाएको छ ।

७ बर्ष अगाडि अमेरिका पुगेका उनीहरु गत हप्ता तीनै जना मेरिल्याण्ड को टाउसन शहर स्थित ईजि कन्भिनिएन्स एण्ड डेली नामक पसलबाट स्क्राच अफ नामक चिट्ठा खेलेका थिए ।

उनीहरुले ५०एक्स नामक चिट्ठा सहित अन्य चिट्ठा पनि खरिद गरेका थिए । उक्त चिट्ठा जीवन शर्माले कोट्याउदा १० डलर तुरुन्तै प्राप्त गरेका थिए उक्त अङ्क संग मूनि रहेकामा १ लाख डलर अङ्क मिल्न गएको थियो

तीनै जना चिट्ठा को मुख्यालय बाल्टिमोर गई दाबी गरेका थिए । कर र सबै कटाएर उनीहरुको भागमा जनही २२,१२६.५० सेन्ट परेको छ । टाउसन चिट्ठा बेच्ने पसलले पनि १ हजार डलर लाभांस पाएको छ ।

५०एक्स नामक चिट्ठामा १ लाख पार्ने नेपाली पहिला भएका छन् अन्य ६ वटा शीर्ष चिट्ठाहरु अझ बाँकी रहेको छ । उक्त चिट्ठा यही जनवरी २०२० देखि मात्र खुलेको हो भने अझ ८ जनाले ५० हजार डलर को कसैले दाबी नगरेको बुझिएको छ ।

पुरस्कार लिदा नेपाल भ्रमण बर्ष २०२० को टिसर्ट लगाई प्रचार गरिएको तस्बिरमा देखिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १ : १७ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता