महिलामाथि यौन शोषणको आरोपमा नेपाल प्रहरीका एसएसपी निलम्बित « Khabarhub

महिलामाथि यौन शोषणको आरोपमा नेपाल प्रहरीका एसएसपी निलम्बित


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले नेपाल प्रहरीका एकजना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई महिलामाथि यौन शोषण गरेको आरोपमा निलम्बन गरेको छ ।

मन्त्रालयले तत्कालीन अवस्थामा संघीय प्रहरी इकाई धरानमा कार्यरत एसएसपी सौरभ राणालाई निलम्बन गरेको हो ।

धरानकी एक महिलाको उजुरीमाथि प्रारम्भिक अनुसन्धानपछि राणालाई निलम्बन गरिएको गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव केदारनाथ शर्माले जानकारी दिए ।

राणामाथि लागेको आरोपबारे विस्तृत रुपमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर निर्देशन दिइएको शर्माको भनाइ छ ।

गत कात्तिकमा धरानकी एक महिलाले राणाले आफूमाथि यौन शोषण गरेको भन्दै गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् ।

ती महिलाले गृहमन्त्री रामबहादुर थापा (बादल), गृहसचिव प्रेमकुमार राईलगायतलाई भेटेर एसएसपी राणाले आफूमाथि यौन शोषण गरेको गुनासो सुनाएकी थिइन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १ : १७ बजे

सीमा सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सीमा

लागूऔषधसहित दुईजना पक्राउ

जनकपुरधाम– धनुषाको मिथिला नगरपालिका–६ स्थित बसहीखोला नजिकै आज प्रहरीले हवाई

सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह

विराटनगर– कर्मचारी सञ्चय कोष शाखा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र

सीमा अनुगमनका लागि विशेष संयन्त्र बनाइँदै : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको नियमित अनुगमन र निरिक्षणका