डडेल्धुरामा नेकपा गाउँपालिका अध्यक्षको अपहरण, घाइते अवस्थामा प्रहरीद्वारा उद्दार « Khabarhub

डडेल्धुरामा नेकपा गाउँपालिका अध्यक्षको अपहरण, घाइते अवस्थामा प्रहरीद्वारा उद्दार


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आलिताल– डडेल्धुराको आलीतालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको गाउँपालिका कमिटी अध्यक्ष अपहरणमा परेका छन् ।

डडेल्धुराको आलीताल गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र जोशी अपरिचित व्यक्तिको अपहरणमा परेका हुन् ।

यद्यपि अहिले भने प्रहरीले उनको उद्दार गरिसकेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जोशीलाई उद्दार गरिएको जानकारी दिए ।

‘आज (शुक्रबार) दिउँसो करिब १ बजेतिर उहाँ (जोशी)लाई केही व्यक्तिले अपहरण गरेर लगेको भन्ने सूचना आएको थियो,’ डिएसपी न्यौपानेले खबरहबसँग भने, ‘सूचनाको आधारमा हाम्रो टोली परिचालन भएको थियो । करिब १ घण्टाकै बीचमा उहाँको उद्दार भइसकेको छ ।’

डिएसपी न्यौपानेका अनुसार अपहरण गर्ने व्यक्तिले अध्यक्ष जोशीमाथि कुटपिट गरेका छन् । जोशीलाई आलीताल गाउँपालिका–३ बाट उद्दार गरिएको डिएसपी न्यौपानेले जानकारी दिए ।

‘आलीताल गाउँपालिका–३ बाट उहाँको उद्दार भइसकेको छ । अपहरण गर्ने व्यक्तिले उहाँमाथि कुटपिट गरेका देखिएको छ । कुटपिटबाट घाइते भएका कारण उहाँलाई उपचारका लागि अस्पताल लगिएको छ,’ डिएसपी न्यौपानेले भने ।

आलीताल गाउँपालिकास्थित प्रहरी चौकीका एक कर्मचारीका अनुसार जोशीको आलीतालस्थित स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको छ ।

‘कुटपिटबाट उहाँलाई चोट लागेको छ । यहाँ (स्वास्थ्य चौकी)का स्वास्थ्यकर्मीले थप उपचारका लागि अन्यत्र लैजान भनेका छन्,’ खबरहबको सम्पर्कमा आएका आलीताल प्रहरी चौकीका एक प्रहरी कर्मचारीले भने ।

प्रहरीले अध्यक्ष जोशीको अपहरणमा संलग्न व्यक्ति भने फरार भएका जनाएको छ । उनीहरुको खोजी शुरु गरिएको डिएसपी न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  २ : १८ बजे

शनिबारदेखि कीर्तिपुरमा विश्वकप लिग-२ : कसरी टिकट किन्ने ?

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, यूएई

काठमाडौंमा वायु प्रदूषण बढ्यो : एक्युआई

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात्

पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

तनहुँ– यहाँस्थित व्यास नगरपालिका–१० दुम्सीबजारमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा भइरहेको छ ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।