ए डिभिजन लिग : उपाधिका लागि त्रिपक्षीय भीडन्त, चार टोलीलाई रेलिगेशनको चिन्ता « Khabarhub

ए डिभिजन लिग : उपाधिका लागि त्रिपक्षीय भीडन्त, चार टोलीलाई रेलिगेशनको चिन्ता


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दी क्लब नवौं चरणका खेल सकिँदा उपाधि दाबेदार देखिएका छन् ।

लिगमा उपाधि दाबेदार थ्रीस्टार क्लब भने नवौं चरणमा मछिन्द्रसँग पराजित भएसँगै उपाधि होडबाट बाहिरिएको छ ।

शीर्ष ३ क्लबको अहिले २ अंकको तलमाथि छ । शीर्ष स्थानमा रहेको आर्मीले ९ खेलबाट २० अंक जोड्दा उतिनै खेल खेलेको मछिन्द्र र मनाङको समान १९ अंक छ ।

एक अंक बढी रहेको आर्मीलाई मछिन्द्र र मनाङले पछ्याइरहँदा न्युरोड टिम एनआरटी १५ अंकसहित तीन टोलीलाई पछ्याइरहेको छ ।

एनआरटीले ९ खेलबाट १५ अंक बनाएको छ भने थ्रीस्टार १४ अंकसहित पाँचौ स्थानमा छ । १४ अंकसहित नेपाल पुलिस क्लब छैठौं स्थानमा छ । यी टोलीहरु शीर्ष ६ का लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

नवौं चरणसम्म जीत विहीन रहेको सरस्वतीले यहि चरणमा अप्रत्यासित रुपमा ४ गोल गर्यो । उसले हिमालयन शेर्पा क्लबलाई पराजित गर्यो ।

यस्तै, लिगमा अझै पनि मनाङ भने अपराजित रहेको छ । उसले नवौं चरणसम्म ५ खेलमा जीत र ४ खेलमा बराबरी खेलेको छ ।

लिगमा उपाधिमात्रै होइन रेलिगेसनका लागि पनि रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । चार खेलबाँकी रहँदा ८ अंकसहित ११ औं स्थानको ब्रिगेड व्वाईज देखि ४ अंक जोडेको सरस्वती युवा क्लब रेलिगेसन जोनमा छन् ।

यो बीचमा बिग्रेडसँगै हिमालयन शेर्पा, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सरस्वती क्लब रहेका छन् ।

हिमालयन शेर्पाले ९ खेलमा ७ अंक जोड्दा एपीएफको ५ र सरस्वतीको ४ अंक छ । लिगको आठ चरणका खेल सकिँदा पनि जित हात पार्न नसकेको सरस्वतीले नवौं चरणमा हिमालयन शेर्पालाई ४–३ गोल अन्तरले पराजित गरेको थियो ।

सरस्वतीले जितेसँगै एपीएफ पनि रेलिगेशनमा पर्ने हो कि भन्ने डर छ भने एपीएफले बाँकी खेलमा लय समात्दै खेलमा फर्किए ३ अंकको अन्तर रहेको ११ औं स्थानको बिग्रेड र १२ औं स्थानको हिमालयनका लागि घातक हुन सक्छ । पुछारका ४ टोलीका प्रशिक्षकहरुले आफुले राम्रो गर्न नसके रेलिगेसनमा पर्न सक्ने डर स्वीकार गरिसकेका छन् ।

शीर्ष डिभिजन लिगमा अघिल्लो बर्ष अन्तिम २ टोलीको अंक घटाइएको थियो । जसमा पुछारमा रहेको एनआरटीले २ अंक तिरेको थियो भने पुछारबाट दोस्रो स्थानमा रहेको मछिन्द्रले एक अंक ऋण तिरेको थियो ।

यो संस्करणमा भने एक टोली बि डिभिजनमा घटुवा हुनेछ । लिगको नवौं चरणमा १७ गोल थपिएका छन् । जसमा गएको मंगलबार भएको हिमालयन शेर्पा क्लब र सरस्वती युवा क्लबबीचको खेलमा सबैभन्दा धेरै ७ गोल भएको थियो । जुन खेलमा सरस्वतीले पहिलो जीत हात पार्न

हिमालयनलाई ४–३ गोल अन्तरले पराजित गरेको थियो । लिगमा अहिलेसम्म १ सय २२ गोल भएका छन् ।

लिगमा सर्वाधिक गोल कर्तामा किर्तिमान बनाएका सन्तोष साहुखल नै अहिलेसम्म शीर्ष स्थानमा छन् । उनले लिगको यो सिजनमा ६ गोल गरेका छन् भने उनलाई रेलिगेसन जोनमा रहेको एपीएफका आशिष लामाले ५ गोलसहित पछ्याइरहेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ५ : १२ बजे

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु