धरानमा कोरोना भाइरसको आशंकापछि बिरामीलाई टेकु पठाइयो « Khabarhub

धरानमा कोरोना भाइरसको आशंकापछि बिरामीलाई टेकु पठाइयो


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका एक बिरामीलाई कोरोना भाइरस सङ्क्रमण आशंका गरिएको छ ।

बिरामीमा कोरोना भाइरको लक्षण देखिएपछि उनलाई अस्पतालले परीक्षणका लागि राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा पठाएको छ ।

उच्च ज्वरो र घाँटीको दुःखाइका कारण उनी उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा बिहीबार भर्ना भएका थिए ।

उनलाई बिहीबार साँझ नै काठमाडौं पठाइएको अकास्मिक कक्षका प्रमुख डा ज्ञानेन्द्र मल्लले जानकारी दिए ।

उपचारका लागि अस्पताल पुगेका उनलाई तीन दिनदेखि १०३ डिग्रीसम्म ज्वरो आएको डा मल्लले बताए । धरान–११ घर भएका उनी पाँच दिनअघि मात्र दक्षिण कोरियाबाट नेपाल आएका थिए ।

उनी कोरियामा हुँदै भाइरसको चर्चा भएको र उनी आफै भाइरसको शङ्का गरेपछि मेडिसिन विभाग र प्रतिष्ठानको विज्ञ टोलीसँगको परामर्श गरी उनलाई परीक्षणका लागि टेकु पठाइएको डा मल्लले बताए ।

प्रतिष्ठानमा उक्त भाइरस भए नभएको परीक्षण गर्ने किट छैन् । प्रतिष्ठानले बिहीबार नै अस्पताल निर्देशकको संयोजकत्वमा १२ सदस्यीय ¥यापिड रेस्पोन्स टिम समेत बनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : १६ बजे

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवानामा

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४