कङ्गोको आक्रमणमा करिब २४ जना मारिए | Khabarhub Khabarhub

कङ्गोको आक्रमणमा करिब २४ जना मारिए


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वमा एलाइड डेमोक्रेटिक फोर्सेजका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा २४ सर्वसाधारणको ज्यान गएको छ । यसै साताभित्र विद्रोही लडाकूको आक्रमणबाट मारिनेको संख्या ६० पुगेको अधिकारीहरुले बताएका छन् ।

अस्थिर बेनी क्षेत्रको ओइचा नजिकै २४ जनाको शव भेटिएको वरिष्ट प्रशासक डोनाट किबवानाले जानकारी दिए ।

यद्यपी कङ्गो अनुसन्धान समूह र मानव अधिकार वाचको संयुक्त विज्ञप्तिमा यो आक्रमणमा १९ जनाको ज्यान गएको उल्लेख छ ।

कङ्गोको सेनाले एडिएफ समूह विरुद्ध सैन्य अभियान सञ्चालन गरिरहेको छ । छिमेकी मुलुक युगान्डामा स्थापना भएको एडिएफ हाल कङ्गोको पूर्वमा सक्रिय छ । यो क्षेत्र लामो समयदेखि विभिन्न समूहको आक्रमणबाट आक्रान्त छ ।

कङ्गो र यसका छिमेकी मुलुकमा सक्रिय समूहहरु आम नागरिकको नरसंहारमा निरन्तर संलग्न रहेको पाइएको छ ।

बेनीमा अक्टोबर २०१४ देखि सक्रिय एडिएफले एक हजारभन्दा बढी नागरिकको हत्या गरिसकेको छ । यो समूह मूल रुपमा अतिवादी इस्लामिक विद्रोही समूह हो । यस समूहले शुरुका वर्षहरुमा युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीको विरोधीका रुपमा आफूलाई उभ्याएको थियो ।

सन् १९९५ देखि यो समूह कङ्गो युद्धमा सहभागी भएको थियो र युगान्डाभित्र सैन्य कारबाही रोकेको थियो । यो समूहमा विभिन्न मुलुकका नागरिक भर्ती भएको अनुमान छ ।

संयुक्त राष्ट्रका विज्ञहरूले २०१८ मा यो समूहमा करिब ४५० जना लडाकू मात्र रहेको बताएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ८ : २० बजे

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त