कङ्गोको आक्रमणमा करिब २४ जना मारिए « Khabarhub

कङ्गोको आक्रमणमा करिब २४ जना मारिए


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वमा एलाइड डेमोक्रेटिक फोर्सेजका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा २४ सर्वसाधारणको ज्यान गएको छ । यसै साताभित्र विद्रोही लडाकूको आक्रमणबाट मारिनेको संख्या ६० पुगेको अधिकारीहरुले बताएका छन् ।

अस्थिर बेनी क्षेत्रको ओइचा नजिकै २४ जनाको शव भेटिएको वरिष्ट प्रशासक डोनाट किबवानाले जानकारी दिए ।

यद्यपी कङ्गो अनुसन्धान समूह र मानव अधिकार वाचको संयुक्त विज्ञप्तिमा यो आक्रमणमा १९ जनाको ज्यान गएको उल्लेख छ ।

कङ्गोको सेनाले एडिएफ समूह विरुद्ध सैन्य अभियान सञ्चालन गरिरहेको छ । छिमेकी मुलुक युगान्डामा स्थापना भएको एडिएफ हाल कङ्गोको पूर्वमा सक्रिय छ । यो क्षेत्र लामो समयदेखि विभिन्न समूहको आक्रमणबाट आक्रान्त छ ।

कङ्गो र यसका छिमेकी मुलुकमा सक्रिय समूहहरु आम नागरिकको नरसंहारमा निरन्तर संलग्न रहेको पाइएको छ ।

बेनीमा अक्टोबर २०१४ देखि सक्रिय एडिएफले एक हजारभन्दा बढी नागरिकको हत्या गरिसकेको छ । यो समूह मूल रुपमा अतिवादी इस्लामिक विद्रोही समूह हो । यस समूहले शुरुका वर्षहरुमा युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीको विरोधीका रुपमा आफूलाई उभ्याएको थियो ।

सन् १९९५ देखि यो समूह कङ्गो युद्धमा सहभागी भएको थियो र युगान्डाभित्र सैन्य कारबाही रोकेको थियो । यो समूहमा विभिन्न मुलुकका नागरिक भर्ती भएको अनुमान छ ।

संयुक्त राष्ट्रका विज्ञहरूले २०१८ मा यो समूहमा करिब ४५० जना लडाकू मात्र रहेको बताएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ८ : २० बजे

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

मुस्ताङ–  ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि यहाँ सुरु भएको

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

क्यासिनोमा जुवा खेलाउने ११ जना पक्राउ, १० लाख बरामद

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठस्थित गरुड क्यासिनोभित्र गैरकानुनी रूपमा नेपाली नागरिकलाई

बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

काठमाडौँ – उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कुल ९ करोड ५६