कोशी टप्पुमा दुर्लभ ‘सेतो पेटे रानी चरी’ फेला « Khabarhub

कोशी टप्पुमा दुर्लभ ‘सेतो पेटे रानी चरी’ फेला


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ ।

सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्रै ५२६ प्रजातिका चरा पाइने रेकर्ड छ । पछिल्लो समय आरक्षमा ‘सेतो पेटे रानी चरी’ नामक प्रजातिको चरा फेला परेको हो ।

विश्वमै दुर्लभ मानिने उक्त चरा नेपालको कोशी टप्पुमा फेला परेको कोशी टप्पु बर्ड वाचिङ क्याम्पका सञ्चालक कुरवान मन्सुरीले जानकारी दिए । नेपाली नाम ‘सेतो पेटे रानी चरी’ र अङ्ग्रेजी नाम ‘एसी मेनीभेट’ रहेको चरा विज्ञ डा हेमसागर बरालले जानकारी दिए ।

‘नयाँ प्रजाति’ भनेर प्रचार गरिए पनि उक्त चरा सन् २०११ नोभेम्बर १९ मा चरा विज्ञ बद्री चौधरीलगायतले रेकर्ड गरेका थिए । भारतबाट आएको रैथाने उक्त चरा दुर्लभभन्दा पनि कम देखिने चरामा पर्ने चरा विज्ञ डा.बरालले बताए ।

त्यसबेला दुई प्रजाति ‘एसी मेनिभेट’ र ‘सुइनोज मेनिभेट’ प्रजाति रेकर्ड भएका थिए । त्यसपछि हालसम्म फेला परेको थिएन । रेकर्डमा आए पनि यस चराको तस्बिर भने पहिलोपटक फोटोग्राफर सञ्जय था श्रेष्ठले खिचेका छन् । यस चराको विषयमा डा बरालले सन् २०१६ मा लेखेको ‘बर्ड अफ सप्तकोशी’ पुस्तकमा समेत उल्लेख छ ।

कोशी टप्पु वर्ड वाचिङ क्याम्पका सञ्चालक तथा फोटोग्राफर सञ्जय था श्रेष्ठले माघ ९ गते उक्त चरा देखेर तस्बिर खिचेका थिए । चरा नयाँ प्रजाति जस्तो लागेपछि उनले प्रमाणीकरणका लागि चराविद् डा.बरालसमक्ष पुर्‍याएका थिए ।

पछिल्लो समय था श्रेष्ठ र झापाका देबेन खरेलले तस्बिर खिचेको डा.बरालले बताए । श्रेष्ठले खिचेको तस्बिर प्रष्ट देखिएको उनको भनाइ छ । नेपालमा भएका ८८६ प्रजाति चरामा पेटे चरा उल्लेख छ ।

राष्ट्रिय निकुञ्ज विभाग र डिसिएन संस्थाले निकालेको चेकलिस्ट र बरालले नै २०१६ मा लेखेको बर्ड अफ सप्तकोशी भन्ने पुस्तकमा समेत उल्लेख छ । रकर्ड पहिले नै भए पनि चराको तस्बिर भने कोशीटप्पुमा पहिलोपटक खिचिएको बरालले जानकारी दिए ।

आरक्षणमा चीन, रसिया, पाकिस्तान, बङ्लादेश, भारत, भूटानबाट कोशीटप्पुमा चरा आउने गर्छन् । चखेवा, कराङकुरुङ रसियाबाट आएका हुन् । यी चरा विश्वमा धेरै लामो दूरी उड्नसक्ने पक्षीका रूपमा चिनिन्छन् । नेपालमा पाइने जम्मा ८८६ प्रजातिमध्ये ५९ प्रतिशत चरा कोशीटप्पुमा पाइन्छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १० : ३० बजे

चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव

कञ्चनपुर– लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका

भेनेजुएलाको भूकम्प अपडेट : ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

एजेन्सी– भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु

सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन

काठमाडौं– सुरक्षित पुनःस्थापना, भू–स्वामित्वसहितको बास अधिकार र सम्मानजनक आवासको सुनिश्चितता

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट