कोरोना भाइरसको सन्त्रासः चीनमा सडकमै भेटियो शव | Khabarhub Khabarhub

कोरोना भाइरसको सन्त्रासः चीनमा सडकमै भेटियो शव


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन- कोरोना भाइरस चीनमा महामारीका रुपमा फैलिएको छ । शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसका कारण २ सय १३ जनाको मृत्यु भएको छ भने झन्डै १० हजार संक्रमित भएका छन् ।

यसैबीच बिहीबार वुहानको खुला सडकमा एक जना व्यक्तिको शव भेटिएको छ । कोरोना भाइरसको ‘इपिसेन्टर’ वुहानको सडकमा एक हातमा प्लास्टिकको झोला समातेकै अवस्थामा शव भेटिएको हो।

कोरोनाको संक्रमण फैलिनुभन्दा पहिले भीडभाड हुने सडकमा ती व्यक्तिको नजिक जाने हिम्मत कसैले गरेनन्।

सबैभन्दा पहिले पत्रकारहरुले ती व्यक्तिको शव देखेका थिए । केही समयपछि शरीर पुरै छोपिने ‘प्रोटेक्टिभ सुट’ लगाएर प्रहरी र स्वास्थ्यकर्मीको टोली पुग्यो। उनीहरुले नीलो ब्ल्याङ्केटले ती व्यक्तिको शव ढाकेका थिए ।

उनीहरुले सुपरमार्केटबाट कार्टुन बक्स ल्याएर शव छोपे। केही समयपछि एउटा सेतो भ्यान आएर पहेँलो ‘सर्जिकल ब्याग’मा शव उठाएर लगेको थियो। उनको शव रहेको ठाउँमा फोरेन्सिक टिमले केही स्प्रे छरेको थियो । एएफपीले ती व्यक्तिको मृत्यु कसरी भयो भन्नेबारे केही पुष्टि नभएको बताएको छ।

उनी झन्डै ६० वर्षका देखिने एएफपीले जनाएको छ। शवको नजिकै उभिएकी एक महिलाले ती पुरुषको मृत्यु कोरोना भाइरसकै कारण भएको हुन सक्ने बताइन्।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १० : ५४ बजे

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

काठमाडौं — एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

सुदूरपश्चिम – वडादसैँको समयमा प्रतिकूल मौसमका कारण खेतमा पाकेको धानबाली

अफगानिस्तान र पाकिस्तानबीचको युद्धविराम अवधि समाप्त

काबुल – अफगानिस्तान र पाकिस्तानबीचको ४८ घण्टे लामो युद्धविराम शुक्रबार

देउवा बन्न नसकेका ओलीले जिद्दी गरेरै‌ टारे संकट

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एघारौँ महाधिवेशन अगाडि