स्पेनमा २४ घण्टामै ९१३ जनाको मृत्यु, ७ हजार ८ सय बढी संक्रमित | Khabarhub Khabarhub

स्पेनमा २४ घण्टामै ९१३ जनाको मृत्यु, ७ हजार ८ सय बढी संक्रमित


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेन- विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरस अर्थात कोभिड-१९ बाट स्पेनमा एकै दिन ९ सय १३ जनाको मृत्यु भएको छ । ७ हजार ८ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् ।

मंगलबार बिहानसम्म स्पेनमा ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार चीनमा अहिलेसम्म ३ हजार ३ सय ४ को मृत्यु भएको छ । कोेरोनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । त्यसपछि स्पेन नै हो । इटालीमा काेराेनाका कारण अहिलेसम्म ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा अहिलेसम्म ८७ हजार ९ सय ५६ जना संक्रमित भएका छन् । तीमध्ये १६ हजार ७ सय ८० जना पूर्ण रुपमा निको भएका छन् ।

अहिले स्पेनमा ६३ हजार ४ सय ६० जनामा कोरोना सक्रिया रहेको छ । तीमध्ये ५ हजार २ सय ३१ जनाको अवस्था गम्भीर रहेको छ । बढ्दो मृत्युलाई हेर्दा स्पेनमा कोरोनाको कहर तत्काल रोकिने संकेत देखिएको छैन ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : ०४ बजे

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको