अमेरिकामा कोरोनाको संक्रमण सबैभन्दा धेरै, अहिलेसम्म १ लाख ६३ हजारबढी संक्रमित | Khabarhub Khabarhub

अमेरिकामा कोरोनाको संक्रमण सबैभन्दा धेरै, अहिलेसम्म १ लाख ६३ हजारबढी संक्रमित


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको वुहानाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले सबैभन्दा धेरै अमेरिकामा भएको छ ।

अमेरिकामा १ लाख ६३ हजार ४ सय ७९ मानिस संक्रमित भएका छन् । यो संक्रमणमा बितेको २४ घण्टामा मात्रै १९ हजार ९ सय ८८ जना थपिएका छन् ।

संक्रमितमध्ये ३ हजार १ सय ४८ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा अमेरिकाका ५ सय ६५ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसको क्षति अमेरिकाको न्यूयोर्कमा सबैभन्दा धेरै छ । न्यूयोर्कमा अहिलेसम्म १ हजार ३ सय ४२ जनाले ज्यान गुमाएका छन् । ६७ हजार ३ सय २५ संक्रमित छन् ।

त्यस्तै न्यूजर्सीमा पनि १६ हजार ६ सय ३६ संक्रमित छन् । संक्रमितमध्ये १ सय ९८ जनाको ज्यान गएको छ ।

क्यालिफोर्नियामा ७ हजार २ सय ४८ संक्रमित छन् भने १४५ को मृत्यु भएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : २१ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार