विदेशबाट आएकाहरु सबै घरमा गए, क्वारेन्टाइनमा बस्नेको संख्या न्यून « Khabarhub

विदेशबाट आएकाहरु सबै घरमा गए, क्वारेन्टाइनमा बस्नेको संख्या न्यून


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएसँगै विभिन्न देशबाट जिल्ला भित्रिनेको सङ्ख्या बढे पनि खोटाङमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको छ । जिल्लाका अधिकांश स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिलाई पनि होम क्वारेन्टाइन भन्दै परिवारसँग घरैमा बस्ने छुट दिएपछि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पाँच र साकेला गाउँपालिकाले एक जनालाई मात्र क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा बस्ने उनीहरु सबैको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको बताइएको छ । गत फागुन २९ गते दुबईबाट नेपाल फर्किएका रतन्छाका २६ वर्षीय युवालाई शनिबार बेलुकादेखि क्वारेन्टाइनमा राखिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । रतन्छास्थित साकेला माविमा निर्माण गरिएको १० श्ययाको क्वारेन्टाइनमा उनलाई १४ दिनका लागि राखिएको हो ।

यस्तै यही चैत ४ गते फ्रान्सबाट कतार हुँदै काठमाडौँ आएकी युवतीसँगै यात्रा गरेका खोटाङका दुईमध्ये एक अहिले पनि होम क्वारेन्टाइनमा बसेका छन् । केपिलासगढी गाउँपालिकाका एक युवा धरानस्थित क्वारेन्टाइनमा बसे पनि जन्तेढुङ्गा गाउँपालिकाका अर्का युवा भने होम क्वारेन्टाइन बसेका हुन् ।

उनलाई गत चैत १२ गते साँझदेखि १४ दिनसम्म छरछिमेकीसँग सम्पर्क तथा भेटघाट नगर्ने गरी स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको गाउँपालिका प्रमुख शङ्करमान राईले बताए ।

नेपालमा समेत कोरोना भाइरसका सङ्क्रमित भेटिएपछि देशभर क्वारेन्टाइन र आइसोलेसन वार्ड निर्माण गर्नेक्रम शुरु भएसँगै जिल्लामा पनि क्वारेन्टाइन र आइसोलेसन वार्ड निर्माण गर्नेमा स्थानीय तहबीच होडबाजी नै चलेको थियो तर विदेशबाट फर्किनेको सङ्ख्या अधिक भए पनि निर्माण गरिएका क्वारेन्टाइनमा राख्नेतर्फ ध्यान गएको छैन ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका कतिपय स्थानीय तहले भर्खरै मात्र विदेशबाट फर्किएका व्यक्तिको लगत सङ्कलनको काम शुरु गरेको पाइएको छ । यसअघिदेखि नै लगत सङ्कलन शुरु गरिएका कतिपय स्थानीय तहमा समेत अहिलेसम्म यकिन तथ्याङ्क जम्मा भइसकेको छैन ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १० : ५४ बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक