कोरोना भाइरसको आशंकामा नुवाकोटका एक जनाको स्वाब परीक्षण गर्न काठमाडौँ पठाइयो | Khabarhub Khabarhub

कोरोना भाइरसको आशंकामा नुवाकोटका एक जनाको स्वाब परीक्षण गर्न काठमाडौँ पठाइयो


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- कोरोना भाइरस (काभिड –१९ )को आशंकामा नुवाकोटबाट एक जनाको स्वाब परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला काठमाडौँ टेकुमा पठाइएको छ ।

नुवाकोट घर भई गत चैत ४ मा दुबईबाट आएका व्यक्तिमा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि सो परीक्षण गर्न सो प्रयोगशालामा पठाइएको त्रिशूली अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डन डा.रेमकुमार राईको अनुसार अस्पतालको सम्पर्कमा रहेर घरमै रहेका ती व्यक्तिमा गत आइतबारदेखि ज्वरो आएपछि सोमबार साँझदेखि अस्पतालको आइशोलेशनमा राखेर निगरानीमा राखिएको छ ।

अहिले उनको स्वास्थ्य अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । सो भाइरसको आशंकामा जिल्लाबाट नमूना सङ्कलन गरी परीक्षण गर्न पठाइएको यो पहिलो पटक हो ।

यसैबीच, यही चैत ९ मा भारतबाट आएका एक जनामा पनि आइतबारदेखि उच्च ज्वरो आएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइएको छ ।

काठमाडौसँग सीमा जोडिएका स्थानका ती व्यक्ति भारतबाट ९ गते आएपनि काठमाडौमा बसेको र त्यहाँ रहदाँ नै ज्वरो आएपछि आरामको लागी चैत १४ मा नुवाकोट स्थित घर आएका बताइएको छ ।

घरमा आएदेखि नै चिकित्सकसंगको निरन्तर फोन सम्पर्कमा रहेका उनलाई ज्वरो र श्वासप्रश्वासमा थप समस्या देखिएपछि त्रिशूली अस्पतालका चिकित्सकले काठमाडौ रिफर गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १२ : ४० बजे

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल