कोरोना भाइरसको आशंकामा नुवाकोटका एक जनाको स्वाब परीक्षण गर्न काठमाडौँ पठाइयो « Khabarhub

कोरोना भाइरसको आशंकामा नुवाकोटका एक जनाको स्वाब परीक्षण गर्न काठमाडौँ पठाइयो


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- कोरोना भाइरस (काभिड –१९ )को आशंकामा नुवाकोटबाट एक जनाको स्वाब परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला काठमाडौँ टेकुमा पठाइएको छ ।

नुवाकोट घर भई गत चैत ४ मा दुबईबाट आएका व्यक्तिमा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि सो परीक्षण गर्न सो प्रयोगशालामा पठाइएको त्रिशूली अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डन डा.रेमकुमार राईको अनुसार अस्पतालको सम्पर्कमा रहेर घरमै रहेका ती व्यक्तिमा गत आइतबारदेखि ज्वरो आएपछि सोमबार साँझदेखि अस्पतालको आइशोलेशनमा राखेर निगरानीमा राखिएको छ ।

अहिले उनको स्वास्थ्य अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । सो भाइरसको आशंकामा जिल्लाबाट नमूना सङ्कलन गरी परीक्षण गर्न पठाइएको यो पहिलो पटक हो ।

यसैबीच, यही चैत ९ मा भारतबाट आएका एक जनामा पनि आइतबारदेखि उच्च ज्वरो आएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइएको छ ।

काठमाडौसँग सीमा जोडिएका स्थानका ती व्यक्ति भारतबाट ९ गते आएपनि काठमाडौमा बसेको र त्यहाँ रहदाँ नै ज्वरो आएपछि आरामको लागी चैत १४ मा नुवाकोट स्थित घर आएका बताइएको छ ।

घरमा आएदेखि नै चिकित्सकसंगको निरन्तर फोन सम्पर्कमा रहेका उनलाई ज्वरो र श्वासप्रश्वासमा थप समस्या देखिएपछि त्रिशूली अस्पतालका चिकित्सकले काठमाडौ रिफर गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १२ : ४० बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय