पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि « Khabarhub

पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपचारका क्रममा पाटन अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा मृत्यु भएका युवकको कोरोना भाइरस (कोभिड १९) परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

आइतबार अस्पताल भर्ना भएका युवाको राति नै उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

केही दिन अगाडि भारतबाट आएर धादिङस्थित गाउँमा बस्दै आएका उनी ज्वरो आएपछि पाटन अस्पताल आइपुगेका थिए ।

पाटन अस्पताल स्रोतका अनुसार उनी मिर्गौलाको समस्याबाट पीडित थिए । अस्पताल भर्ना हुँदासम्म हिँडडुल गर्न सक्ने अवस्थामा रहेका उनको भर्ना भएकै राति उपचारका क्रममा मृत्यु भएको थियो ।

मृत्यु भएपछि कोरोना संक्रमणको आशंकामा उनको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।

पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले उपचारका क्रममा मृत्यु भएका युवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको खबरहबलाई जानकारी दिए ।

 

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १२ : ४५ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार