स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर- जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६६प ४६८३ नंको स्कुटर विनयी त्रिवेणी गाउँपालिका–१ को वन कार्यालय नजिकै दुर्घटना हुँदा स्कुटर चालक अर्घाखाँचीको ठाडा गाउँपालिका–३ घर भएका ३८ वर्षीय पदमबहादुर केसीको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाका अनुसार मोटरसाइकल दुर्घटनामा गम्भीर भएका केसीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

स्कुटरको पछाडि बस्ने गुल्मीको रेसुङ्गा नगरपालिका–७ का ३८ वर्षीय नेत्रबहादुर थापा क्षेत्रीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । स्कुटरको गति तीव्र भएका कारण अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरी निरीक्षक थापाले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १२ : ५४ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक