नेपालमा अलपत्र परेकालाई लिएर अस्ट्रेलिया उड्दै नेपाल एयरलाइन्स « Khabarhub

नेपालमा अलपत्र परेकालाई लिएर अस्ट्रेलिया उड्दै नेपाल एयरलाइन्स


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा अलपत्र परेका अस्ट्रेलिया र न्यूजील्याण्डका पर्यटकलाई वायु सेवा निगमको चाटर्ड विमान मार्फत उद्धार गरिने भएको छ ।

अलपत्र परेका विदेशी पर्यटकलाई नेपाल वायुसेवा निगमको जहाज मार्फत अस्ट्रेलिया लगिने भएको हो ।

वायुसेवा निगमको वाइडबडी मार्फत उनीहरुलाई बुधवार दिउँसो मलेसिया हुँदै अस्ट्रेलियाको ब्रिसबन लाने भएको हो ।

नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा रहेको अस्ट्रेलियन दूतावासलाई आफ्ना नागरिकको उद्धार गर्नका लागि सोमबार उडान अनुमति दिएको थियो ।

विमान बुधवार साँझ पाँच बजे त्रिभुवन विमानस्थलबाट मलेसियाको क्वालालाम्पुरका लागि उडान भर्ने छ । त्यहाँ इन्धर भरेर विमान लिस्बन जाने छ ।

यसअघि सिड्नी जाने भनिएको विमान अस्ट्रेलियन दूतावासको योजना अनुसार क्वीन्सल्याण्डको राजधानी ब्रिसबनमा अवतरण गर्न लागिएको हो ।

सिड्नी विमानस्थलको क्वारेन्टाइनमा थप यात्रु राख्ने स्थान नभएपछि उनीहरुलाई ब्रिसबन लान लागिएको हो । उक्त विमानमा न्यूजिल्याण्डका ३५ जना रहनेछन् भने अरु अस्ट्रेलियन नागरिक रहनेछन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  २ : १२ बजे

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण