क्वारेन्टाइन र आइसोलेसनमा खटिने कर्मचारीलाई शतप्रतिशत भत्ता दिइने « Khabarhub

क्वारेन्टाइन र आइसोलेसनमा खटिने कर्मचारीलाई शतप्रतिशत भत्ता दिइने


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलौरी– कोरोना भाइरस (कोभिड –१९ ) को शंकास्पद बिरामीलाई अस्पतालमा पुर्‍याउन कञ्चनपुरको बेलौरी नगरपालिकाल एम्बुलेन्स तयारी अवस्थामा राखी निःशुल्क व्यवस्था गर्ने भएको छ ।

कोरोना भाइरसको जोखिम हुन नदिन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिए । उनले लकडाउन अवधिभर एम्बुलेन्स सेवामा पचास प्रतिशत छुटको व्यवस्था मिलाइएको बताए । नगर प्रमुख चौधरीले भने, ‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रण अबधि भरी स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई ५० प्रतिशत र ‘क्वारेन्टाइन/आइसोलेसनमा खटिने कर्मचारीलाई खाइपाई आएको तलवको शत प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय समेत गरेका छौं ।’

सो भाइरस सम्भावित जोखिम हुन नदिन आवश्यक पर्ने बजेट चालु शीर्षकको उप शीर्षकबाट रकमान्तर गर्ने र कार्यरत स्वास्थ्यकर्मी अपुग हुने भएकाले स्वीकृत बजेटको परिधिभित्र रहि आवश्यकता अनुसार सम्झौता गरी कामकाजमा लगाउने निर्णय समेत सो नगरपालिकाले गरेको छ ।

नगरपालिकाले नेपाल भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा लकडाउनको समयमा आवतजावत शून्य रहेकाले त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन र आइसोलेसनमा कामकाज गर्न खटाउने निर्णय कार्यान्वयनमा ल्याएको नगर प्रमुख चौधरीको भनाइ छ । नगरपालिकाले कोरोना भाइरसाका शंकास्पद विरामीलाई राख्नका लागि ५ श्ययाको आइसोलेसन कक्ष र ४५ श्ययाको क्वारेन्टाइन कक्ष स्थापना गरेको छ । नगरपालिकाको नव निर्मित भवनमा आइसोलेसन र क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ ।

‘नगरपालिका भारतसंग सीमा जोडिएको नगरपालिकाले भएकाले निकै चुनौती छ,’ नगर प्रमुख चौधरीले भने, ‘सीमा नाका पूर्ण रुपमा बन्द गरिएको भएपनि खुला सीमा क्षेत्रको फाइदा उठाउदै भारतबाट आउने यात्रुहरु छिर्न सक्ने भएकाले सतर्कता अपनाएका छौं ।’

शंकास्पद विरामी देखा परे क्वारेन्टाइनमा राखेर निगरानी बढाईने र सो भाइरसको लक्षण देखिए आइसोलेसनका राखेर उपचार गरिने उनले बताए । नगरपालिकाले भारत लगायत अन्य मुलुकबाट आएका बासिन्दालाई घरमै सेल्फ क्वारेन्टाइन बस्न र स्वास्थ्य समस्या देखिएमा सम्पर्क गर्न आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  २ : ४१ बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक