संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न : प्रवक्ता शर्मा « Khabarhub

संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न : प्रवक्ता शर्मा


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत अनियमितालाई जानकारीमा लिनु अख्तियारको विशेष दायित्व भएको भन्दै कोरोना भाइरस संकटको नामा भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताएका छन् ।

सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, अख्तियारलाई ‘स्मृति पत्र !’
संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व । साथ दिरहँदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व

ध्यानाकर्षण । अहोरात्र जारी मेहनतलाई प्रोत्साहन गरौं,
तर …..संकटको नामम भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न

कोरोना भाइसरको उपचार, नियन्त्रणका लागि भन्दै चीनबाट गरिएको स्वास्थ्य उपकरण खरिदमा ठूलो भ्रष्टाचार भएको भन्दै आलोचना भइरहँदा प्रवक्ता शर्माले संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताएका हुन् ।

यद्दपी स्वास्थ्य मन्त्रालयले भने तत्काल ल्याउनु परेको कारण सामानको मूल्य केही महंगो पर्न गएको भन्दै भ्रष्टाचार नभएको दाबी गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  २ : ५१ बजे

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको