संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न : प्रवक्ता शर्मा « Khabarhub

संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न : प्रवक्ता शर्मा


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत अनियमितालाई जानकारीमा लिनु अख्तियारको विशेष दायित्व भएको भन्दै कोरोना भाइरस संकटको नामा भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताएका छन् ।

सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, अख्तियारलाई ‘स्मृति पत्र !’
संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व । साथ दिरहँदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व

ध्यानाकर्षण । अहोरात्र जारी मेहनतलाई प्रोत्साहन गरौं,
तर …..संकटको नामम भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न

कोरोना भाइसरको उपचार, नियन्त्रणका लागि भन्दै चीनबाट गरिएको स्वास्थ्य उपकरण खरिदमा ठूलो भ्रष्टाचार भएको भन्दै आलोचना भइरहँदा प्रवक्ता शर्माले संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताएका हुन् ।

यद्दपी स्वास्थ्य मन्त्रालयले भने तत्काल ल्याउनु परेको कारण सामानको मूल्य केही महंगो पर्न गएको भन्दै भ्रष्टाचार नभएको दाबी गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  २ : ५१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै