फिल्म हल बन्द हुँदा करोडौंको घाटा हुनसक्छ: नकिम उदिन « Khabarhub

फिल्म हल बन्द हुँदा करोडौंको घाटा हुनसक्छ: नकिम उदिन


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको सन्त्रासका कारण यतिबेला नेपालमा लकडाउन गरिएको छ । लकडाउन हुनुपूर्व नै नेपालमा फिल्म हल बन्द गरिएको थियो । फिल्म हल बन्द हुँदा हलवालाहरुलाहरु घाटामा छन् ।

हलवालाहरुले तलब दिएर कर्मचारीलाई विदामा राखेका छन् । हल बन्द भएपछि नेपालका सबै हल प्रभावित भएका छन् ।

मल्टिप्लेक्स हलको सबैभन्दा ठूलो चेन भएको क्युएफक्सका नकिम उदिनले महिनौंसम्म हल बन्द हुँदा करोड घाटा हुने बताएका छन् ।

उनी भन्छन्, ‘मलाई लाग्छ, कोरोना भाइरसका कारण सबैभन्दा धेरे घाटा हामी (फिल्मकर्मी) लाई नै हुन्छ, कोरोनाको प्रकोपले सबैभन्दा धेरै समस्या यही क्षेत्रलाई पार्ने देखिएको छ ।’

उनले क्युएफएक्सका सबै कर्मचारीलाई तलब दिएर घरमा राखेको बताउँछन् । आर्थिक क्षेत्रका फिल्मकर्मीलाई पहिचान गरेर सहयोग गर्ने मनशाय बनाए पनि प्रधानमन्त्री राहत कोषमार्फत अहिले सहयोग नगर्ने नकिम बताउँछन् ।

‘यतिखेर हाम्रो क्षेत्रमा नै राहतको खाँचो छ । हाम्रो प्राथमिकता भनेको क्युएफक्सका कर्मचारी नै हो,’ उनी भन्छन् ।

लकडाउनको प्रत्यक्ष असर पछिसम्म पनि फिल्म हललाई नै हुने नकिम बताउँछन् । फिल्म बन्द कोठामा बसेर हेरिने भएकाले पनि कोरोनाको प्रभाव पूर्ण रुपमा हटेपछि मात्र फिल्म हल खोलिने उनको भनाइ छ ।

‘लकडाउन कति समयसम्म लम्बिन्छ, अहिले भन्न सकिन्न, हलहरु कहिले खुल्छन् भन्ने पनि अहिले भन्न सकिन्न,’ उनी भन्छन्, ‘अहिले नै घाटाको अड्कल गर्न त सकिन्न तर सय करोड घाटा हुनसक्छ ।’

फिल्म क्षेत्रलाई कोरोना भाइरसको जोखिम फैलन सक्ने स्थानका रुपमा केलाउँदै सरकारले गत चैत्र ६ गतेदेखि फिल्म हल बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि नेपालभरका हलहरु बन्द गरिएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ५ : ४७ बजे

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल