फिल्म हल बन्द हुँदा करोडौंको घाटा हुनसक्छ: नकिम उदिन « Khabarhub

फिल्म हल बन्द हुँदा करोडौंको घाटा हुनसक्छ: नकिम उदिन


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको सन्त्रासका कारण यतिबेला नेपालमा लकडाउन गरिएको छ । लकडाउन हुनुपूर्व नै नेपालमा फिल्म हल बन्द गरिएको थियो । फिल्म हल बन्द हुँदा हलवालाहरुलाहरु घाटामा छन् ।

हलवालाहरुले तलब दिएर कर्मचारीलाई विदामा राखेका छन् । हल बन्द भएपछि नेपालका सबै हल प्रभावित भएका छन् ।

मल्टिप्लेक्स हलको सबैभन्दा ठूलो चेन भएको क्युएफक्सका नकिम उदिनले महिनौंसम्म हल बन्द हुँदा करोड घाटा हुने बताएका छन् ।

उनी भन्छन्, ‘मलाई लाग्छ, कोरोना भाइरसका कारण सबैभन्दा धेरे घाटा हामी (फिल्मकर्मी) लाई नै हुन्छ, कोरोनाको प्रकोपले सबैभन्दा धेरै समस्या यही क्षेत्रलाई पार्ने देखिएको छ ।’

उनले क्युएफएक्सका सबै कर्मचारीलाई तलब दिएर घरमा राखेको बताउँछन् । आर्थिक क्षेत्रका फिल्मकर्मीलाई पहिचान गरेर सहयोग गर्ने मनशाय बनाए पनि प्रधानमन्त्री राहत कोषमार्फत अहिले सहयोग नगर्ने नकिम बताउँछन् ।

‘यतिखेर हाम्रो क्षेत्रमा नै राहतको खाँचो छ । हाम्रो प्राथमिकता भनेको क्युएफक्सका कर्मचारी नै हो,’ उनी भन्छन् ।

लकडाउनको प्रत्यक्ष असर पछिसम्म पनि फिल्म हललाई नै हुने नकिम बताउँछन् । फिल्म बन्द कोठामा बसेर हेरिने भएकाले पनि कोरोनाको प्रभाव पूर्ण रुपमा हटेपछि मात्र फिल्म हल खोलिने उनको भनाइ छ ।

‘लकडाउन कति समयसम्म लम्बिन्छ, अहिले भन्न सकिन्न, हलहरु कहिले खुल्छन् भन्ने पनि अहिले भन्न सकिन्न,’ उनी भन्छन्, ‘अहिले नै घाटाको अड्कल गर्न त सकिन्न तर सय करोड घाटा हुनसक्छ ।’

फिल्म क्षेत्रलाई कोरोना भाइरसको जोखिम फैलन सक्ने स्थानका रुपमा केलाउँदै सरकारले गत चैत्र ६ गतेदेखि फिल्म हल बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि नेपालभरका हलहरु बन्द गरिएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ५ : ४७ बजे

कांग्रेसको शपथ सुरू हुँदै, सानेपामा चहलपहल (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र सभामुख डीपी अर्यालबीच 

काठमाडौं– कार्तिक ११ गते भएको छलफलका क्रममा नोभेम्बर ९ देखि

दक्षिण कोरियासँग तनाव बढ्दै जाँदा उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

सियोल- दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले बिहीबार समुद्रतर्फ करिब

राजर्षिजनक विश्वविद्यालयलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा

धनुषा- राजर्षिजनक विश्वविद्यालयले आफ्नो नवौँ वार्षिकोत्सव मनाउँदै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक, परीक्षा

इरानमाथि सम्भावित आक्रमणबीच पेन्टागनका वरिष्ठ अधिकारी हटाइए

काठमाडौँ – अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला