कोरोनाविरुद्धको लडाइँका लागि लता मंगेशकरले गरिन् २५ लाख सहयोग « Khabarhub

कोरोनाविरुद्धको लडाइँका लागि लता मंगेशकरले गरिन् २५ लाख सहयोग


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय गायिका लता मंगेशकरले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्नका लागि भन्दै २५ लाख रुपैयाँ भारु सहयोग गर्ने जनाएकी छिन् । लताले एक ट्वीट गर्दै सहयोगको घोषणा गरेकी हुन् ।

यसअघि पनि कोरोना भाइरसविरुद्धको लडाइँमा बलिउडकर्मीले खुलेर सहयोग गर्ने घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको लडाइँका लागि भन्दै खडा गरेको कोषमा अभिनेता अक्षय कुमारले २५ करोड भारु सहयोग गर्ने घोषणा गरेका थिए ।

त्यस्तै कपिल शर्मा, वरुण धावन, आलिया भट्ट, राजकुमार राव, प्रभास लगायत दर्जनभन्दा बढी सेलिब्रेटीले सहयोग गर्ने घोषणा गरेका छन् ।

भारतमा २१ दिने लामो लकडाउन भएपछि बलिउडकर्मी यतिबेला फुर्सदमा छन् । भारतमा पनि कोरोना भाइरसको सन्त्राण तीव्र रुपमा फैलिएको छ । कोरोना भाइरसका कारण भारतमा ३२ जनाले ज्यान गुमाएका छन् भने १ हजारभन्दा बढी संक्रमित रहेको पुष्टि भएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : ३८ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,