कोरोना सर्ने भन्दै नर्सलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ « Khabarhub

कोरोना सर्ने भन्दै नर्सलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– कोरोना भाइरस सर्ने भन्दै घरमा डेरा गरी बस्दै आएकी स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्न खोज्ने घरधनी पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङको आदेशका प्रहरीले दाङको घोराही उपमहानगरपालिका–१८ नवलपुरका नारायण आचार्यलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आचार्यले तुलसीपुर उपमहानगरपालिका १६ गणेशपुरकी २० वर्षीया सिर्जना खड्कालाई निकालेको भन्दै उजुरी दर्ता भएको थियो ।

घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा नर्सका रुपमा कार्यरत खड्का आचार्यको घरमा डेरा गरी बस्दै आएकी थिइन् । तर, खड्का अस्पताल आउँदा जाँदा कोरोना सर्न सक्ने भन्दै आचार्यले उनलाई घरबाट निकालेका थिए ।

आचार्यले घरबाट निकाले पछि खड्का भने केही दिनदेखि होटलमा बस्दै आएकी थिइन् ।

खड्काको गुनासो पछि अस्पताल प्रशासनले जिल्ला प्रशासन कार्यालयमा आफ्नो अस्पतालमा कार्यरत नर्स घरबाट निकालिएको विषयमा जानकारी दिएको थियो ।

सोही जानकारीका आधारमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आचार्यलाई पक्राउ गर्न आदेश दिएका हुन् । प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार पक्राउ परेका आचार्य घोराही नगरपालिका वडा नम्बर २ को कार्यालयमा वडा सचिवका रुपमा कार्यरत छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ५ : ५७ बजे

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः

डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

चितवन– डिभिजन वन कार्यालय चितवनले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

९ करोडको लागतमा फलेवास नगरपालिका भवन निर्माण

पर्वत– सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय