पीपीईका विषयमा महावीरले लेखे- ‘विद्वान मुर्खहरु’का कुराले छक्क परेँ, तपाईंलाई के लाग्छ ?  « Khabarhub

पीपीईका विषयमा महावीरले लेखे- ‘विद्वान मुर्खहरु’का कुराले छक्क परेँ, तपाईंलाई के लाग्छ ? 


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुनले कोरोनाभाइरसको संक्रमण रोकथामका लागि आफूले निर्माण गरेका व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) माथि उठेका प्रश्नप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

उनले आफूले निर्माण गरेका पीपीई निशुल्क वितरण गरेको सन्दभर्मा समाजका विद्वान भनाउँदाहरुले कमसलताको कुरा निकालेकोप्रति लक्षित गरी व्यंग्यात्मक टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन-

हामीले सकेसम्म र जानेसम्म सुरक्षित बनाएको र फ्री मा बाँडेको PPE को बारेमा :–

केहि पनि खाने कुरा नपाएर बनको कन्दमुल र झारपात खाएर पनि प्राण धान्न प्रयास गरी रहेका पीडित मानिसहरुलाई कसैले गएर तल भने अनुसार भन्यो भने त्यस्तो विद्वानलाई तपाई के भन्नु हुन्छ ?

— “हैट, यी कन्दमुल र झारपातहरू खानु हुने चिज हुँदै होइनन्, यस्तो चिज खानु हुँदैन । मासु भात, दुध दही, फलफूलहरु पो खानु पर्छ । यस्तो झारपात खाए पछि ता मरी हाल्छ नि । किन खाएका यस्तो चीजहरु तिमी मुर्ख हरुले ? —

PPE को कुराले म साह्रै छक्क परेको छु । तपाईहरुलाई कस्तो लाग्छ कुन्नि ?

उनले यो स्टाटसमा समय र परिस्थिति अनुरुप मानिसहरु चल्न सक्नुपर्ने आशय व्यक्त गरेका छन् । उनले आफूले बनाएका पीपीई सुरक्षाका दृष्टिले कमजोर नभएको दाबी गर्दै समाजमा कुरा काट्नेहरुको कमी नहुने भन्दै व्यंग्य गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : २६ बजे

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय