कोरोना भाइरस : विश्वभर ६१ लाख ५३ हजार संक्रमित, ३ लाख ७० हजारको मृत्यु « Khabarhub

कोरोना भाइरस : विश्वभर ६१ लाख ५३ हजार संक्रमित, ३ लाख ७० हजारको मृत्यु


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६१ लाख ५३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६१ लाख ५३ हजार ३७९ जना संक्रमित भएका हुन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २४ हजार १०३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकै दिन अरू ४ हजार ८४ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७० हजार ५७६ पुगेको छ ।

३० लाख ४५ हजार ४३१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५०३ जनाको अवस्था गम्भीर छ भने २७ लाख ३४ हजार ५४६ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार विहान साढे ६ बजेसम्म १ लाख ७३ हजार २८० जनाको मृत्यु भएको छ ।

२० लाख ४ हजार २२६ जना संक्रमित भएकोमा ९ लाख ७८ हजार २४५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २३ हजार ४७२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख ४० हजार ८३३ पुगेको छ । त्यसमध्ये ६ लाख ६८ हजार २६२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३० हजार २०७ जनाको मृत्यु भएको छ । ११ लाख ७ हजार ५२१ जना संक्रमित भएकोमा ६ लाख ७२ हजार ३९२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३९ हजार ३१५ जनाको मृत्यु भएको छ । ८ लाख ४४ हजार ६१९ जना संक्रमित भएकोमा ३ लाख ४५ हजार ८२१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार ९२ जनाको ज्यान गएको छ भने १ लाख ४३ हजार ७६९ जना संक्रमित छन् । संक्रमितमध्ये ६० हजार ९८७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ७९४ जना संक्रमित भएकोमा ८ हजार १८८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ६ : ५९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार