‘सलह’को समूह हवाई उडानका लागि पनि खतरनाक « Khabarhub

‘सलह’को समूह हवाई उडानका लागि पनि खतरनाक


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मावन जगतका लागि अर्को महामारी बनेर आएको सलह, हवाई उडानका लागि पनि खतरनाक सावित हुने सम्भावना देखिएको छ । क्षणभरमै हरियाली सफाचट पार्ने सलहका कारण भारतीय वायु सेवा कम्पनीहरु प्रभावित भएका छन।

सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै भारतीय हवाई उड्डयन नियामक संस्था डीजीसीएले विमानको उडान र अवतरणका बेला विशेष सावधानी अपनाउन एडभाइजरी नोटिस जारी गरेको छ।

सलहको समूहको बीचबाट वा नजिकबाट विमान उडान र अवतरण गर्न निषेध गरेको छ । यो एड्भाइजरी नोटिसको अवज्ञा गरेमा हवाई उडानका क्षेत्रमा गरिएको जघन्य गल्तीका रुपमा लिइने चेतावनी दिइएको छ।

उडान भर्ने र अवतरण गर्ने बेला सलहको हुल विमानको विण्डसिलमा ठोक्किएमा वाईपरको प्रयोग नगर्न पनि डीजीसीएले पाइलटहरुलाई सुझाएको छ । त्यसो गर्दा विमानको सिसामा फोहोर झनै छिरलिने र भिजनको समस्या उत्पन्न हुने बताईएको छ।

यसका अलावा विमानस्थलमा समेत सलहको उपस्थिति रहनसक्ने भन्दै डीजीसीएले विमानस्थल ब्यवस्थापन पक्षलाई पनि सतर्क रहन भनेको छ ।

विमानलाइ पार्किङ स्थलमा राख्दा विमानमा रहेका सबै प्वालहरुलाई राम्ररी बन्द गर्न ग्राउण्ड हेण्डलिङ विभागलाई पनि डीजीसीएले निर्देशन दिएको छ ।

विमानको उडान र अवतरण सुरक्षित बनाउन सलहको उपस्थिति भए नभएको बारे पुष्ट जानकारी राख्न डीजीसीएले एअर ट्राफिक कन्ट्रोलरलाई पनि सतर्क गराएको छ ।

यस बारेमा सबै जानकारी विमान कम्पनीहरुका अलावा पाईलटहरुलाई अनिवार्य रुपमा दिन निर्देशन समेत दिएको छ । दिउँसोको समयमा सलहको अधिक खतरा हुने भएपनि रातको समयमा यीनिहरु निष्कृय हुने भएकाले रातको समयमा उडान गर्दा सुरक्षित हुने सम्भावना डीजीसीएले ब्यक्त गरेको छ ।

पछिल्लो २६ बर्ष यताकै खतरनाक मानिएको यो सलहको प्रकोप पाकिस्तानबाट सुरु भएर भारतको पञ्जाब, गुजरात, उत्तर प्रदेश, महाराष्ट्र हुँदै मध्य प्रदेशसम्म फैलिसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ९ : ४८ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको