अश्वेत व्यक्ति मृत्यु प्रकरण : अमेरिकाका २५ शरहमा कर्फ्यू « Khabarhub

अश्वेत व्यक्ति मृत्यु प्रकरण : अमेरिकाका २५ शरहमा कर्फ्यू


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीका कारण एक अश्वेत व्यक्तिको मृत्यु भएपछि मिनेशोटाबाट सुरू भएको आन्दोलन हिंसात्मक बन्दै गएपछि अमेरिकाका २५ शहरमा कर्फ्यू जारी गरिएको छ ।

जर्ज फ्लोइडको प्रहरीको यातनाले नै मृत्यु भएको आरोपपछि मिनेशोटामा सोमबारदेखि जारी प्रदर्शनले हिंसात्मक रुप लिएपछि बिभिन्न २५ शहरमा कर्फ्यू जारी गरिएको सिएनएनले जनाएको छ ।

लस एन्जल्समा जारी प्रदर्शन, तस्वीर : एपी ।

ब्यापक मात्रा प्रहरी परिचालन गरिए पनि प्रदर्शनकारीहरूले आगजनी, ढुंगामुडा र तोडफोड नरोकेपछि मिनियापोलस, एट्लान्टा, लस एन्जलस, फिलाडेलफिया, पोर्टल्याण्ड, लुइसभिलासहितका शहरमा कर्फ्यू जारी भएको हो ।

सन फ्रान्सिस्कोमा जारी प्रदर्शन, तस्वीर : एपी ।

आन्दोलनले हिंसात्मक रुप लिएपछि अमेरिकाको मिनेशोटाका गर्भनरले त्यसको निन्दा गरेका छन् । राज्यका गभर्नर टिम वाल्जले प्रदर्शन फ्लोइडको हत्याको विरोधमा मात्रै सीमित नरहेको बताएका छन् ।

फ्लोइडको हत्या आरोपमा मिनियापोलस प्रहरीका एक अधिकारीलाई पक्राउ गरी अभियोग दर्ता भएको छ तर पनि प्रदर्शन रोकिएको छैन ।

लस एन्जलसमा गाडीमा आगजनी गरिएपछि आगो निभाइदै, तस्वीर : एपी

गएको सोमबार ती प्रहरी अधिकारीले ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा उनको घाँटीमा घुँडाले थिचेका दृश्य तथा भिडियो भाइरल भएको थियो ।

लस एन्जलसमा प्रदर्शनकारीलाई तितरवितर पार्दै प्रहरी, तस्वीर : एपी

 

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ११ : ५३ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद