अश्वेत व्यक्ति मृत्यु प्रकरण : अमेरिकाका २५ शरहमा कर्फ्यू « Khabarhub

अश्वेत व्यक्ति मृत्यु प्रकरण : अमेरिकाका २५ शरहमा कर्फ्यू


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीका कारण एक अश्वेत व्यक्तिको मृत्यु भएपछि मिनेशोटाबाट सुरू भएको आन्दोलन हिंसात्मक बन्दै गएपछि अमेरिकाका २५ शहरमा कर्फ्यू जारी गरिएको छ ।

जर्ज फ्लोइडको प्रहरीको यातनाले नै मृत्यु भएको आरोपपछि मिनेशोटामा सोमबारदेखि जारी प्रदर्शनले हिंसात्मक रुप लिएपछि बिभिन्न २५ शहरमा कर्फ्यू जारी गरिएको सिएनएनले जनाएको छ ।

लस एन्जल्समा जारी प्रदर्शन, तस्वीर : एपी ।

ब्यापक मात्रा प्रहरी परिचालन गरिए पनि प्रदर्शनकारीहरूले आगजनी, ढुंगामुडा र तोडफोड नरोकेपछि मिनियापोलस, एट्लान्टा, लस एन्जलस, फिलाडेलफिया, पोर्टल्याण्ड, लुइसभिलासहितका शहरमा कर्फ्यू जारी भएको हो ।

सन फ्रान्सिस्कोमा जारी प्रदर्शन, तस्वीर : एपी ।

आन्दोलनले हिंसात्मक रुप लिएपछि अमेरिकाको मिनेशोटाका गर्भनरले त्यसको निन्दा गरेका छन् । राज्यका गभर्नर टिम वाल्जले प्रदर्शन फ्लोइडको हत्याको विरोधमा मात्रै सीमित नरहेको बताएका छन् ।

फ्लोइडको हत्या आरोपमा मिनियापोलस प्रहरीका एक अधिकारीलाई पक्राउ गरी अभियोग दर्ता भएको छ तर पनि प्रदर्शन रोकिएको छैन ।

लस एन्जलसमा गाडीमा आगजनी गरिएपछि आगो निभाइदै, तस्वीर : एपी

गएको सोमबार ती प्रहरी अधिकारीले ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा उनको घाँटीमा घुँडाले थिचेका दृश्य तथा भिडियो भाइरल भएको थियो ।

लस एन्जलसमा प्रदर्शनकारीलाई तितरवितर पार्दै प्रहरी, तस्वीर : एपी

 

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ११ : ५३ बजे

ओलीको अस्पताल योजना लोकप्रियतामै सीमित : घोषणा ३९६, निर्माण ६५ 

काठमाडौं – नेपालमा गणतन्त्र आएपछि चार पटक प्रधानमन्त्री बन्ने अवसर

देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का

बाजुराका किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

बाजुरा– पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध यहाँका एक हजार ८०६

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई मुआब्जा निर्धारण

तनहुँ– ऋषिङ गाउँपालिका– १ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

बालेन फेरि चुनावी अभियानमा झापामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साह