'राष्ट्रियताका पक्षमा प्रमुख प्रतिपक्षी दलको निर्णय सकारात्मक' | Khabarhub Khabarhub

‘राष्ट्रियताका पक्षमा प्रमुख प्रतिपक्षी दलको निर्णय सकारात्मक’

राष्ट्रिय मुद्दामा दलीय एकता जरुरी : सांसद


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले राष्ट्रियताका पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार गरेको निर्णय सकारात्मक रहेको बताएका छन्।

उनीहरुले राष्ट्रिय मुद्दामा दलीय एकता जरुरी रहेको र दलगत स्वार्थभन्दा माथि उठेर व्यवहार प्रदर्शन भएकामा सन्तोष व्यक्त गर्दै कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नसमेत आमसहमतिमा जोड दिए ।

शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको थियो । कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालका भूभाग भएको र तिनमा निर्बाधरुपले नेपालको हक स्थापित हुनुपर्ने अडान दोहोर्‍याएको छ ।

बैठकमा सांसद विनाकुमारी श्रेष्ठले राष्ट्रियताका पक्षमा उभिने कांग्रेसको निर्णय सकारात्मक छ भन्दै यस विषयमा संसद्मा रहेका दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइन । सांसद हरि अधिकारीले राष्ट्रिय विषयमा दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थका साथ एकै स्थानमा उभिने निर्णय आफैँमा महत्वपूर्ण रहेको बताए ।

सांसद विरोध खतिवडाले राष्ट्रियता एकता प्रदर्शन भएकामा प्रतिपक्षी दललाई धन्यवाद दिँदै कूटनीतिक पहलमार्फत सीमा विवाद समाधान गरिनुपर्ने बताए । उनले कालापानी–लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा भारतले एकतर्फीरूपमा सडक निर्माण गरी उद्घाटनसमेत भएको र त्यहाँ सार्वजनिक यातायातसमेत सञ्चालन गर्ने तयारी गरिएको भन्ने जानकारी आएकाले त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद शान्तिमाया पाख्रिनले राष्ट्रियताप्रति कांग्रेसको समर्थन सराहनीय छ भन्दै आगामी दिनमा अन्य राष्ट्रिय हितका सवालमा पनि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइन ।

सांसद सुरेन्द्रकुमार कार्कीले भारतमा रहेका नेपाली विभिन्न नाकाबाट फर्किने क्रम बढिरहेकाले उनीहरुलाई नाकाबाट व्यवस्थितरूपमा आआफ्नो गाउँ तथा थातथलोमा पुर्‍याउन माग गरे ।

सांसद लालबाबु पण्डितले स्थानीय तहले क्वारेन्टिन व्यवस्थापन गर्न नसकेको भन्दै सङ्घीय सरकारलाई थप सहयोग गर्न माग गरे । सांसद बिन्दा पाण्डेले क्वारेन्टिनमा समेत महिला हिंसाका घटना बढेको भन्दै दोषीलाई कानूनी दायरामा ल्याउन माग गरिन । सांसद शशि श्रेष्ठले बन्दाबन्दीले अर्थतन्त्र धराशायी बनेको भन्दै यसलाई क्रमशः खुकुलो बनाई जनजीवन सहज बनाइनुपर्ने बताइन ।

सांसद शान्ता चौधरीले प्रेमकै कारण मृत्युसम्म पुगेको रुकुम घटना अपराधजन्य छ भन्दै दोषीलाई कारवाही गर्न माग गरिन । सांसद सत्यनारायण शर्मा खनालले कोरोना महामारी नियन्त्रणका लागि परीक्षणको दायरा बढाई सम्बन्धित क्षेत्रमा स्वास्थ्य सामग्रीको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद सत्य पहाडीले रुकुम घटना मानवजतिकै कुरुप घटना हो भन्दै बेपत्ताको खोजी गरी दोषीलाई कडा कारवाही गर्न तथा पीडित पक्षलाई राहत उपलब्ध गराउन माग गरे । सांसद सुदन किराँतीले पूर्वका भोजपुरलगायत पहाडी जिल्लामा कोभिड–१९ को परीक्षण दायरा बढार्इ स्वास्थ्य सामग्रीको व्यवस्था गर्न सङ्घीय सरकारसमक्ष माग गरे ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १२ : ३३ बजे

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम