कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग « Khabarhub

कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरुवा रोग विशेषज्ञहरुले काठमाडौँ उपत्यकामा कोभिड–१९ को जोखिम हुन नदिन थप परीक्षणको दायरा बढाउन माग गरेका छन् ।

जनघनत्व र चहल पहलले सङ्क्रमणको सम्भावित जाखिम बढाउने हुँदा थप परीक्षण बढाउन आवश्यक रहेको सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदीले बताए ।

डा सुवेदीका अनुसार कोरोना भाइरस काठमाडौँ उपत्यकामा आयातित हो भन्ने अवस्था अब छैन । गत जेठ पहिलो साता एकजना सुत्केरीको मृत्युलाई आधार मान्दै अब कोरोना भाइरसको काठमाडौँमा नै सङ्क्रमण छ भन्न सकिन्छ ।

उनले भने, ‘बाहिरबाट आएका मानिसलाई मात्रै परीक्षण गर्ने होइन, मानिसको बढी जनघनत्व भएको स्थानमा पनि तत्काल परीक्षण गर्न आवश्यक छ ।’

सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोला काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाकामा अत्यावश्यकबाहेक सबै सवारी आवागनमा रोक लगाई थप कडा गर्नुपर्ने बताए।

लुकीछिपी अझै पनि मानिस बाहिरबाट आउने क्रम रहेको हुँदा त्यसलाई तत्काल रोकी आएकालाई परीक्षणको दायरामा ल्याउनुपर्ने उनको सुझाव छ ।

स्थानीय तहले पनि सम्भावित स्थानमा परीक्षणको दायरा बढाउन आवश्यक छ । कुनै एक स्थानमा परीक्षण गरी बस्ने अवस्था नभएको पनि उनले बताए । काठमाडौँ उपत्यकामा हालसम्म पनि क्वारेन्टाइन सञ्चालन गरिएको छैन ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १ : ५९ बजे

शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर

टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा हुम्लाका

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा