सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार « Khabarhub

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ १९ गते सोमबार (भोलि) प्रस्तुत गर्ने भएको छ।

प्रदेशका सभामुख अर्जुनबहादुर थापाले भोलि दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिने कार्यसूची तय भएको जानकारी दिए।

प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्ने उनले बताइन्। सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्ष स्वास्थ्य, कृषि, रोजगार र उद्योगलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको जनाइएको छ।

कोरोना भाइरसका कारणले सिर्जित असहज अर्थतन्त्रलाई चलायमान बनाउन स्वास्थ्य, कृषि, रोजगार र उद्योगलाई प्राथमिकता दिएर आगामी वर्षको नीति तथा कार्यक्रममा समेटिने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताए।

उनले विपदमा परेका व्यक्तिको उद्धारका लागि केन्द्र स्थापना गर्न बजेट ल्याइने, दार्चुलाको ब्यास गाउँपालिका लागि विशेष विकास प्याकेज ल्याउनेलगायतमा जोड दिइने बताए। प्रदेश सरकारले एकीकृत विकास प्रणालीमा आगामी बजेट निर्माण गर्ने उनको भनाइ छ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ६ : २० बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान