सीमानामै परीक्षण नगरिँदा बाजुरामा कोरोना संक्रमणको जोखिम बढ्दो | Khabarhub Khabarhub

सीमानामै परीक्षण नगरिँदा बाजुरामा कोरोना संक्रमणको जोखिम बढ्दो

दुई वर्षीया बालिकाको मृत्युपछि स्थानीय त्रसित


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुरा जिल्ला अस्पतालको आइसोलेसन बार्डमा उपचाररत एक बालिकाको कोरोनाका कारण मृत्यु भएसँगै बुढीगंगा नगरपालिकाका स्थानीय त्रसित बनेका छन् ।

बुढीगंगा नगरपालिका वडा नम्बर १ धुरालसैन माविको क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोनाको संक्रमण देखिएपछि स्थानीय त्रसित बनेका हुन् ।

संक्रमित दुवै एकै परिवारका सदस्य हुन् । २३ वर्षीय आमा र २ वर्षीय बालिकामा कोरोनाको पुष्टि भएको हो । जसमा २ वर्षीय बालिकाको आज बिहान २ बजे बाजुरा अस्पतालको आइसोलेसनमा मृत्यु भइसकेको छ ।

मृकत बालिकाकी आमामा कोरोनाको संक्रमण देखिए पनि उनका बुबाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

बुबा आमासँगै जेठ १३ गते कैलालीको गौरीफन्टा नाकाहुँदै बाजुरा आएका उनीहरुमा कोरोनाको संक्रमण देखिएपछि बुढीगंगा वडा नम्बर १ का स्थानीय त्रसित बनेको मेयर दिपक विक्रम शाहले बताए ।

‘अहिले गाउँलेहरु डराइ रहेका छन् । भारतबाट आएका मान्छेमा कोरोना संक्रमण दखिएपछि उहाँहरु डराउनु भएको हो,’ मेयर शाहले भने, ‘त्यो दिन उहाँहरुसँगै ५७ जना आउनु भएको थियो । उहाँहरु सबै एउटै स्कुलको क्वारेन्टाइनमा हुनुहुन्छ ।’

त्यसपछि पनि आएका वडा नम्बर १ का बासिन्दालाई धुरालसैन मावीकै क्वारेन्टाइनमा राखिएको थियो ।

मृतक बालिकाकी आमामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको सेती प्रादेशी अस्पतालले पुष्टि गरेको छ । अहिले वडा नम्बर १ मा २ सय जना क्वारेन्टाइनमा रहेका छने भने त्यसमध्ये १ सय ७५ जना धुरालसैन माविमा रहेको मेयर शाहले बताए ।

भारतबाट आउँदै रुघा र पटक-पटक बान्ता गरिरहेकी बालिकालाई दुई दिन स्थानीय स्वास्थकर्मीले उपचार गरेकी थिइन् । तर, निको नभएपछि उनलाई जेठ १५ गते जिल्ला अस्पतालको आइसोलेसनमा पठाइएको थियो ।

बाजुरामा एक बालिकाको कोरोनाका कारण मृत्यु भएसँगै अब सो क्षेत्रमा अवस्था झन भयावह बनेको मेयर शाहले बताए ।

सीमानामा परीक्षण नगर्दा त्रास बढ्यो

भारतबाट आएका नागरिक नाकामा समस्यामा परेपछि प्रदेश सरकारलाई आफ्ना नागरिकको उद्धार गर्न अनुमति दिएको थियो ।

तर, नाकामा सामान्य रुखा खोकी र आरडीटी परिक्षण गरेर नाकाबाट जिल्ला प्रवेशको अनुमति दिएको थियो । स्थानीय तहहरुले आफ्ना नागरिकको उद्धार गरी गाउपालिकाले बनाएको क्वारेन्टाइनमा राखेको थियो ।

नाकाबाट नागरिकलाई प्रवेश गराउँदा नै पीसीआर परिक्षण गरेर राम्रोसँग चेकजाँचको माग गर्दा प्रदेश र संघीय सरकारले आनाकानी गरेको आरोप बढीगंगाका मेयर शाह लगाउँछन् ।

‘हाम्रो पहिलो समस्या नै परीक्षणको अभाव हो । हामीले नाकाबाटै टेस्ट गेर ल्याउ भनेका हौं । तर, प्रदेश र संघीय सरकारले मानेनन्,’ मेयर शाहले भने ।

पहिला परिक्षण गरेर गाउँ लैजानु पर्नेमा प्रक्रिया नै उल्टो भएको मेयर शाह बताउँछन् ।

‘शुरुमा परिक्षण गरेर गाउँ ल्याउनुपर्नेमा उल्टो भयो । हिजो धनगढीबाट आउँदा परीक्षण नगरि ल्याइयो । अहिले परीक्षणका लागि स्वाब उता पठाउनु परिरहेको छ ।’

केन्द्र र प्रदेश सरकारले नाका खालेपछि आफ्नो दायित्व सकिएको भान गर्दा समस्या बढेको र स्थानीय तहले यसको सामना गर्न सक्ने क्षमता नरहेको मेयर शाह बताउँछन् ।

‘संघ र प्रदेश सरकारले नाका खोलपछि आफ्नो दायित्व नै सकियो भन्ठाने । त्यतिबेला नाकामा राम्रोसँग जाँच नै हुन सकेन,’ मेयर शाहले भने , ‘हामीसँग न स्वास्थ्य सामग्री छ, न स्वास्थ्यकर्मी नै छन् हामीले यस्तो अवस्थामा कोरोनाविरुद्ध कसरी लड्ने ?’

नगरपालिकासँग उपलब्ध स्रोत साधनको परिचालनले नै अहिले काम चलाइरहेको मेयर शाहले बताए । उनले भने,‘आगामी दिनमा प्रदेश र केन्द्र सरकारको साथ नपाए समस्यासँग जुध्न नै कठिन हुने अवस्था आउने देखिन्छ ।’

त्यसो त, प्रदेश सरकारले धनगढीबाट स्वास्थ्य सामग्री सहितको टोली सोमबारसम्म बाजुरा पठाइसक्ने बाचा पनि गरेको छ । त्यस्तै, जिल्ला अस्पतालबाट धुरालसैन माविको क्वारेन्टाइनमा रहेका सबैको कोरोना परिक्षणका लागि स्वास्थ्य टोली आउन लागेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ७ : ०७ बजे

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको

कांग्रेस भन्छ– संसदीय समिति गठनमा रास्वपा लचिलो, एमाले सशंकित

काठमाडौं– सहकारी ठगी प्रकरण अघि सारेर संघीय संसदमा आन्दोलनरत प्रमुख

काठमाडौं महानगरपालिकामा न्याय संवाद कार्यक्रम सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाले न्याय संवाद कार्यक्रम सुरु गरेको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडाैं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुन प्रदर्शन हुने 

काठमाडौं– स्वर्गीय वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा