विभिन्न स्थानमा आज पनि भारी वर्षा, सतर्क रहन आह्वान « Khabarhub

विभिन्न स्थानमा आज पनि भारी वर्षा, सतर्क रहन आह्वान


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आज पनि मुलुकका विभिन्न जिल्लामा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार कैलाली, सिन्धुपाल्चोक, रुपन्देही, कास्की र गोरखा जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।

भारी वर्षाले कैलालीको मोहाना, खुटिया, कान्द्रा लगायतका साना खोलाहरुमा बाढीको सम्भावना रहेको तथा खोलाको नजिक क्षेत्रमा डुबानको जोखिम उच्च भएकाले सतर्क रहन आह्वान गरिएको छ ।

यस्तै सिन्धुलीमा पनि ३ घण्टासम्म भारी वर्षा भएकाले क्षेत्र भएर बहने साना नदीमा बाढी आउन सक्ने, कमजोर भिरालो ठाउमा पहिरो जान सक्ने भएकाले कम्तिमा बिहान १० बजे सम्म सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सूचित गरेको छ ।

कास्कीको पोखरा र गोरखाको बारपाक लगायतका क्षेत्रमा पनि लगातार ३ घण्टा भारी वर्षा भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

रुपन्देहीमा तिनाउमा ठूलो बाढीको खतरापछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन एसएमएस पठाएर अलर्ट गरिएको छ । बुटवलको बाढी मापन केन्द्रका अनुसार तिनाउ नदीमा जलसतह एक्कासी २ मिटर बढेर खतराको तह पार गरेकाले त्यस आसपासका  कञ्चनखोला तथा अरू स-साना खोला क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन आह्वान गरिएको छ ।

अहिले पनि देशका विभिन्न ठाउँमा मध्यमस्तरको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा वर्षाको मात्रा बढ्दा पश्चिमी क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

बर्दिया, कैलाली, कञ्चनपुर, धादिङ, तनहुँ लगायतका जिल्लामा निरन्तरको वर्षापछि बाढी पहिरो र डुबानले सयौँ घरपरिवार प्रभावित भएका छन् । ती जिल्लाहरूमा एक दर्जभन्दा बढीको मृत्यु भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कम्तिमा आइतबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुनेछ ।

आज दिउँसो अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो ठाउँमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ८ : ११ बजे

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गैली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

यो चुनाव ‘देश बनाउने र जलाउने’ शक्तिहरूबीचको महासंग्राम : ओली

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी

आईसीसी टी–२० विश्वकप : भारतले पाकिस्तानलाई दियो १७६ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गतकाे खेलमा भारतले पाकिस्तानलाई जितका